टेकराज भण्डारी, अछाम । अछामको कमलबजार नगरपालिका वडा नम्बर १ मुलीमा व्यक्तिगत रुपमा ६३ परिवारलाई खाद्यान्न राहत सामग्री वितरण गरिएको छ ।
कोरोना भाईरसका कारण थप समस्यामा परेका र न्यून आयश्रोत भएका व्यक्तिहरूलाई सामाजिक दूरी कायम राख्दै प्रहरी तथा सरोकारवालाको रोहबरमा राहत सामग्री वितरण गरिएको हो ।
कमलबजार १ मुली घर भई कमलबजारमा व्यापार गर्दै आउनु भएका ढकाल जनरल स्टोरका सञ्चालक चेतराज ढकालले व्यक्तिगत रुपमा प्रति परिवार १० केजीका दरले ६ सय ३० केजी चामल, प्रति परिवार १ पोका तेल र एक पोका नून वितरण गर्नुभएको हो ।
कोरोना संक्रमण र लकडाउनका कारण समस्या परेका परिवारलाई राहत होस् भनेर आफ्नो तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको सञ्चालक ढकालले बताउनु भयो ६३ परिवारका २०१ जनसंख्याका लागि राहत सामग्री वितरण गरिएको प्रगतिशिल लेखक संघ अछामका सचिव पुष्पराज सञ्यालले जानकारी दिनुभयो ।
कमलबजार १ मुलीका फुर्केसल्ला,बडरुख, साञ्झिगाउँ, खिरचौका लगायतका टोलमा राहत सामग्री वितरण गरिएको हो । लकडाउन तथा समस्या परेको बेला राहत सामग्री पाउँदा खुसी लागेको राहत पाएकाहरुले बताउनु भएको छ ।
Discussion about this post