मंगलसेन नगरपालिकाद्वारा समुदाय स्तरमै कोरोना परिक्षण आरडिटि गरिदै

41
SHARES
228
VIEWS

होम साउद, अछाम १० वैशाख । मंगलसेन नगरपालिकाले नगरभित्रका सबै वडामा कोरोना संक्रमणको संकास्पद बिरामीको आर डि टि परिक्षण कार्य जारि रहेको छ । जस अन्तरगत आज वडानम्वर ८, ९, १० र ११ मा १६ जनामा कोरोना परिक्षणका लागि आर डि टि जाँच गरिएको हो ।

जुपु स्वास्थ्यचौकिमा ५ जना पुरुष र ओलिगाउ स्वास्थ्य चौकिमा ११ जनाको आर डि टि परिक्षण गरिएको हो । परिक्षण गरेका सबै १६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । मंगलबार वडानम्वर १२ र १४ मा ३ महिला र ८ पुरुष गरि ११ जनाको परिक्षण गरिएकोमा उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

वडा वडामा आर डि टि परिक्षणका लागि मंगलसेन नगरपालिका स्वास्थ्य शाखाबाट ल्याव असिस्टेन्ट शिद्दराज देवकोटा र गणेश सोडारिलाई खटाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारिले बताउनुभयो । बिदेशबाट आएकाहरुलाई घरदैलोमा कोरोना परिक्षणको सेवा दिने उदेश्यले सबै वडामा आर डि टि परिक्षण भैरहेको उहाको भनाई छ ।

वैशाख ११ गते बिहिबार वडानम्वर १३ को बस्ति स्वास्थ्य चौकि र सहरि स्वास्थ्य क्लिनिक बाँडामा कोरोनाको आर डिटि परिक्षण गरिने स्वास्थ्य शाखाले जनाएको छ । यो चरणमा नगरभरि ७० जना भारत लगायत तेस्रो मुलुकबाट आएका कोरोना परिक्षण आर डि टि गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताउनुभयो ।

जिल्लामै पहिलोपटक समुदाय स्तरमा कोरोना परिक्षण आरडिटि जाँच गरेर नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टीका लागि यो अभियान चलाईएको उहाँको भनाइ छ । मंगलसेन नगरपालिकाका सबै १४ वटै वडामा वैशाख १५ गतेभित्र यो चरणको आर डि टि परिक्षण अभियान सकिने नगरपालिकाका एम आई एस अपरेटर होम बहादुर साउदले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार