बाहिरबाट जिल्ला भित्रिनेलाई २१ दिन क्वारेन्टाइनमा राख्छौँ : प्रमुख जिल्ला अधिकारी पौडेल

45
SHARES
248
VIEWS

चन्द्र प्रसाद भाट,अछाम
जिल्ला प्रशासन कार्यालय अछामले लकडाउनको समयमा जिल्ला बाहिर रहेका आफ्ना नागरीक हरुलाई सम्बन्धित निकायले सवारी पास उपलब्ध गराई अन्यन्त्र बाट जिल्लामा भित्रिने यात्रुहरुलाई अनिबार्य रुपमा २१ दिन क्वारेन्टाईनमा राखिने जनाएको छ । दिन प्रतिदिन कोरोनाका बिरामी हरु बढ्दै गएकाले यसको नियन्त्रणका लागी सो निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्ला बाहिर बाट भित्रिनेहरु लाई अनिबार्य रुपमा कम्तिमा ३ हप्ता क्वारेन्टाईनमा राखिने छ । बाहिर बाट जिल्ला भित्रिने हरुमा कोरोनाको सँक्रमण हुन सक्ने र त्यसको प्रभाबले परीवार र समाज नै सँक्रमित हुन सक्ने भन्दै अनिबार्य रुपमा ३ हप्ता क्वारेन्टाईनमा राखिने पनि उनले बताए । ३ हप्ता क्वारेन्टाईनमा राखिसके पछि निजमा कोरोना सम्बन्धिको कुनै लक्षण देखिए वा नदेखिए पनि आर.डि.टि परीक्षण गरी सोको रीपोर्ट अनुसार नै घर पठाईने समेत जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

हिजो मात्रै बान्नीगढी जयगढ गाउँपालीकामा आर.डिटि.परीक्षणका क्रममा १ जनामा कोरोना पोजेटिभ देखिएपछि उनको पिसि आर परीक्षणका लागी स्वाब सँकलन गरी सेति प्रादेशिक अस्पताल कैलाली पठाउन लागीएको पनि कार्यालयले जनाएको छ । उनको अहिले बयलपाटा अस्पतालमा आईसोलेसन मा राखेर उपचार भैरहेको बताईएको छ । नेपालमा कोरोना सँक्रमितको सँख्या ४२ पुगिसकेकाले पनि यसबाट सुरक्षित रहन अछाम बासिले थप सतर्कता उपनाउनु पर्ने प्रशासनले जनाएको छ । यसको न्यूनिकरण का लागी जिल्ला भित्रिने मुख्य नाकाहरुमा पनि बिषेश सुरक्षाका उपाय अपनाइएको बताईएको छ ।

यसैबिच यो समयमा सरकारले जारी गरेको लकडाउन लाई पुर्ण रुपमा कार्यान्वयन गर्न प्रशासनले निर्देशन जारी गरेको भएपनि अछामका कतिपय ठाउँहरुमा यसको कार्यान्वयन कमजोर देखिएको पाईएको छ । एक जिल्ला बाट अर्को जिल्ला,एक पालीका बाट अर्को पालिका,एक वडा बाट अर्को वडामा जान नपाईने भनिए पनि अधिकाँस ब्यक्तिहरु निर्बाध रुपमा गन्तब्यमा गईरहेको पाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार