काठमाडौँमा २ जना नर्समा देखियो कोरोना संक्रमण ‘पोजेटिभ’

85
SHARES
472
VIEWS

काठमामाडौँ । मंगरबार काठमाडौँमा २ जना नर्सलाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनीहरुको आरडिटी परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।

आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको जनाईएको छ । आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण भईरहेका छ ।  नेपाल समाचारपत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार