काठमाडौँ । सरकारले ल्याएका दुई अध्यादेशका कारण सत्तारुढ नेकपामा चर्को विवाद सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी्भित्र सल्लाह नगरी अध्यादेश ल्याएको भन्दै पूर्व एमाले र पूर्व माओबादी पक्षका नेताहरुले पूर्णएकता नहुँदै पार्टी विभाजन गर्न खोजिएको बताएका छन् ।
अध्यादेश जारी पछि प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठकमा जानकारी गराएपनि सचिवयलय बाहिर रहेका नेताहले यसलाई अश्विकार गरेका छन् । नेकपा नेताहरु भिम रावल, हरिबोल गजुरेल लगायताका नेताहरुले प्रधानमन्त्रीको विरोध गरेपछि प्रधानमन्त्रीको सचिवालयनै उनिहरुका विरुद्धमा खनिएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पार्टीमा हैसियतमै नभएका हरिबोला गजुरेल जस्ता पार्टी चहार्दै हिड्नेहरुले अनावस्यक रुपमा प्रधानमन्त्रीको ब्यइज्त गराएको आरोप लगाउनुभयो । थापाले सरकारले आवस्यक ठानेर ल्याएको अध्यादेशका विषयमा पार्टीले चासो राख्नु आवस्यक नभएको बताउनुभयो ।
सल्लहकार थापाले भन्नुभयो,‘पार्टीका सडयन्त्रकारीहरुले कुरा उठाउन आवस्यक छैन । हरिबोल गजुरेल जस्था १२ ठाँउमा छोडेर हिड्नेहरुले कुरा उठाइरहनु आवस्यक छैन । अध्यादेश कानून बमोजिम जारी भएको छ । संसद नभएको अवस्था प्रधानमन्त्री को सिफारिसमा राष्ट्रपतिले स्वीकृत गर्नुभएको हो । अध्यादेश कुनै सनइ र बाँजा हैन । आफु प्रधानमन्त्री हुदा ठिक । अरु हुँदा बेठिक । प्रधामन्त्रीले अध्यादेशका विषयमा पार्टीमा सोध्ने कुरा आउदैन’ ।
उहाँले राजपा र समाजवादी पार्टी टुक्राउन लागि अध्यादेश नल्याएको भन्दै पत्रकारहरुले पनि अनावस्यक रुपमा विषयान्तर गरेको र कोरानाविरुद्ध लागेको सरकारलाई जनताको हवला दिएर बदनाम गराउन खोजेको दावी गर्नुभयो । यो अध्यादेश कोराना विरुद्धको नभएको र आपत, विपद परेकै कारण सरकारले अध्यादेश ल्याएको बताउनुभयो ।
थापाले भन्नुभयो,‘ अध्यादेश सामान्य प्रक्रिया हो । अध्ध्यादेश जारी भइसक्यो फिर्ता हुदैन । पार्टीलाई जानकारी गराएको हो । कांग्रेसले गर्ने विरोध र पार्टी नेताहरुले गर्ने विरोध फरक हो । दिनमा १० वटा पार्टी फोरेर हिड्ने बाबुरामको के कुरा गर्नु’ ।
Discussion about this post