अछाम । पञ्चदेवल विनायक नगरपालिकाले राहत वितरण कार्यलाई तिब्रता दिएको छ ।नगरपालिकाका बिभिन्न वडामा बितरण गर्दै मंगलबार वडा नम्वर २ र ३ मा बिपन्न परिवारलाई राहत बितरण गरिएको हो ।
वडा नम्वर २ मा ८३ जना र वडा नम्वर ३ मा ८६ गरि जम्मा १६९ जना ब्यक्तीलाई राहत बितरण गरिएको छ । वडा नम्वर २ र ३ विनायकद्धारा मंगलबार सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमका बिच वडाका अति बिपन्न, श्रमिक बर्ग,असाहाय ब्यक्तीहरुलाई प्रतिब्यक्ती ३० किलोगा्रम चामल,२ किलोगा्रम चिनि,३ किलोगा्रम दाल,२ पोका नुन ,२ पिस हात धुने साबुन उप प्रमुख अम्विबा चलाउनेद्धारा हस्तान्त्रण गरिएको हो ।
यस्तै वडा नम्वर ३ मा पनि सोहि सामाग्री बितरण गरिएको छ । वडा नम्वर २ विनायकको पञ्चदेवल बजार,बाडीखोला, माडु गाउँबाट र वडा नम्वर ३ ले सुन्तलाबाडीबाट जनप्रतिनिधी लगायतको सहभागीतामा उक्त सामाग्री बितरण गरिएको हो ।राहत बितरण गर्न छुटेका बाँकी वडामा पनि अब छिट्टै बितरण गरिने नगरपालिकाले जनाएको छ ।
राहत वितरण कार्यक्रममा पञ्चदेवल बिनायक नगरपालिकाका उप प्रमुख अम्विका चलाउने, वडा नम्वर २ का र्कावाहक वडा अध्यक्ष पदम बहादुर शाही, वडा नम्वर ३ का वडा अध्यक्ष सुरेन्द्र बहादुर शाही, वडा नम्वर २ र ३का वडा सदस्यहरु नेकपा नडा नम्वर २ का वडा कमिटी अध्यक्ष कृपा बहादुर धामी,नेपाली काँगे्रश वडा सभापति महारुप धामी , पत्रकार लगायतको सहभागीता रहेको थियो ।
Discussion about this post