अछाममा आर डिटी परीक्षण : एक जनामा पोजिटिभ

59
SHARES
328
VIEWS

अछाममा कोरोनाको आशँकामा गरीएको आर डिटि परीक्षणमा एक जनाको रीपोर्ट पोजेटिभ देखिएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा रहेका सरस्वति माध्यामिक बिद्यालयमा निर्माण गरीएको क्वारेन्टाईनमा बसेका हरुको आर डिटि परीक्षण गर्दा एक जनामा पोजेटीभ देखिएको बताईएको छ ।

आर डिटि परीक्षणमा पोजेटिभ देखिएका ब्यक्ति सँगै ७ जनाको समुह केही दिन अघि मात्र डडेलधुरा बाट जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पास लिएर म १ प ५२८ नम्बरको स्कारपीयोमा अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका आएका थिए । उनीहरु आउने बित्तिकै गाउँपालिकाले सरस्वती मावि जयगढमा बनाएको क्वारेन्टाइनमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार