कैलालीका एक युवकमा र्‍यापिड टेस्ट पोजेटिभ

31
SHARES
170
VIEWS

कैलाली । कैलालीमा भारतबाट फर्किएका युवकमा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका ३ का १९ वर्षीय युवकमा र्‍यापिड टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णदेव जोशीले बताए।

जोशीका अनुसार एन्टीबडी पोजेटिभ देखिएपछि उनलाई थ्रोट स्वाब संकलनका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ। भारतको पुनामा मजदुरी गर्दै आएका ती युवक चैत १० गते कैलाली फर्किएका थिए।

घर फर्किएदेखि नै उनी होम क्वारेन्टाईनमा बस्दै आएको बुझिएको स्वास्थ्य संयोजक जोशीले जानकारी दिए। दिनेश खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार