भारतमा रहेका सुदूरपश्चिमका १० वर्षीय बालकमा कोरोना संक्रमण

43
SHARES
240
VIEWS

भारतमा रहेका सुदूरपश्चिमका १० वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ। दक्षिण भारतीय सहर बैंग्लोरमा ति बालकमा कोरोना भाइरसको संक्रमण देखिएको हो। बझाङंको चैनपुरी घर भई हाल भारतमा काम गर्दै आएका ति बालकका ४५ वर्षीय बुवा र ३५ वर्षीया आमामा कोरोना पुष्टि भएको थियो। आमाबुवा भने उपचारपछि निको भइसकेका छन्।

बालकको हाल बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ। बालककी आमा भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्। र, सोही परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन्।

ति महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो भने उनका श्रीमानमा पनि कोरोना देखाएको थियो।

सो समयममा छोराछोरीमा भने संक्रमण देखाएको थिएन्। पुनः परीक्षण गर्दा छोरामा संक्रमण देखिएको हो। योसंगै भारतमा कोरोना भाइरसको संक्रमण हुने सुदूरपश्चिमेलीको संख्या ११ पुगेको छ। दिनेश खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार