भिरबाट खसेर अछाममा १३ बर्षिया बालिकाको मृत्यु

79
SHARES
440
VIEWS

अछाम । अछाममा भिरबाट खसेर १३ बर्षिया बालिकाको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएकाे हो ।

दर्नाको पानिखाल टोल निवासि बाहाजी साउँदकी १३ बर्षिया छोरी सुन्तली साउदको सोमबार जंगलमा गाई गोरु चराउन गएका बेला भिरबाट खसेर घट्ना स्थलमै मृत्यु भएकाे आफन्तले जनाएका छन ।

भिरबाट करिब ३० मिटर तल खसेर मृत्यु भएकाे स्थानिय टेक बहादुर साउदले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार