चन्द्र प्रसाद भाट , अछाम । मंगलसेन नगरपालीका वडा नः ६ को बैठक सामाजीक दुरी कायम गर्दै आज सम्पन्न भएको छ । वडा अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको बैठकमा कोरोना भाईरसको कारण लगाईएको लकडाउनले गर्दा नागरीक समस्यामा परेपछि राहातका लागी वडा भित्रका ४२ जनाको नामावली सँकलन गरेको छ ।
बैठकले वडा भित्र रहेका अति बिपन्न,टुहुरा,असाहय,बेसाहारा एकल महिला,बिपन्न दलित जेष्ठ नागरीक लाई समाबेस गर्दै ४२ जनाको नामावली सँकलन गरीएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । लकडाउनका कारण आफ्ना नागरीक समस्यामा नपरुन भन्दै केहि मात्रामा भएपनि राहात उपलब्ध गराउन लागीएको उहाँको भनाई छ । सँकलन गरीएको नामावली नगरपालीकामा पेश गर्ने पनि उनको भनाई छ ।
वडा कार्यालय परीसरमा भएको बैठकको समापन गर्दै वडा अध्यक्ष भण्डारीले यो समयमा सरकारले गरेको लकडाउन लाई पूर्ण रुपमा कार्यान्वयन गर्नका लागी सबै वडा बासिले सहयोग गर्नुपर्ने बताए । हाम्रै स्वास्थ्यका लागी सरकारले यो अभियानको सुरुवात गरेको भन्दै लकडाउनको अवधि सम्म सुरक्षित तरीकाले एकान्त बासमै बस्न आग्रह गर्नुभयो । बैठकमा कार्यपालीका सदस्य भावना बिक,वडा सदस्यहरु देबेन्द्र भण्डारी,राजु भण्डारी,गाँजली दमाई,नरपति भण्डारी,कार्यालय सहयोगी देबेन्द्र खत्रि,नेपाली काँग्रेसका वडा सभापति हेमराज भण्डारी ,नेकपाका चन्द्र भण्डारी लगाएतको सहभागीता रहेको थियो ।
Discussion about this post