पञ्चदेवल विनायक नगरपालिका ३ द्धारा खाद्यान्न राहत वितरण

65
SHARES
360
VIEWS

लक्ष्मी धामि ,अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा न: ३ द्धारा खाद्यान्न राहत वितरण गरेको छ । वडाले पन्चदेवल नगरपालिकाको सहयोगमा वडा न ३ मा रहेका विपन्न ,असाय ,ज्यालादारी लाई ३० किलो चामल ,३ किलो दाल ,२ पोका अायोडीन युक्त नुन , २ लिटर खाने तेल,१ किलो चिनि खाध्यन्न राहत वितरण गरिएको छ  ।

यो विपतको घडीमा विपन्न ,असाय ,ज्यालादारीको आबश्यक्तालाई मध्यनजर गरि वडा न: ३ ले बैशाख ८ गते अौपचारीक रुपमा खाध्यन्न राहत बितरण गरि ९ गते सबैलाई खाध्यन्न राहत बितरण गर्ने भएको छ। खाध्यन्न राहत वितरण कार्यक्रममा पन्चदेव विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा , निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी,वडा न ३ का वडा अध्यक्ष सुरेन्द्र बहादुर शाही , नेकपा प्रदेश कमिटी सदस्य नन्द बहादुर कडायत , नेकपा जिल्ला कमिटी सचिवालय सदस्य भिम विष्ट ,नेकपा जिल्ला कमिटी सदस्य बखत बहादुर कडायत , नेकपा पन्चदेवल नगर अध्यक्ष नितेश कुमार रिमाल,प्रहरी प्रसासन, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार