नगरपालिकाले एकलौटी निर्णय गरेको भन्दै वडा सदस्यद्वारा राजीनामा

71
SHARES
396
VIEWS

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्यबाट राजीनामा दिएका छन्। स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित घर्तीले वडाध्यक्षले एकलौटी निर्णय गरेको आरोप लगाउँदै पदबाट राजीनामा दिएको बताए।

वडाध्यक्ष पदमप्रसाद भट्टराईले उनले यही वैशाख ५ गते राजीनामा दिए पनि तीन दिनसम्म बोलाउँदा सम्पर्कमा नआएपछि आज स्वीकृत गरिएको जानकारी दिए। तत्कालीन नेकपा(माओवादी केन्द्र)का तर्फबाट विजयी भट्टराईले वडाका अन्य पदमा जनमोर्चाकै सदस्य भएका कारण हरेक काममा असहयोग हुने गरेको बताउँदै सदस्य घर्तीले लगाएको आरोप गलत भएको विचार राखे।

उनले यस्तो विपद्का समयमा राजीनामा दिनु गलत भएको बताउँदै केही समस्या भए छलफल गरेर जान सकिने विकल्प हुँदाहुँदै सम्पर्कमै नआउनु गलत भएको प्रतिक्रिया दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार