डाक्टर बरालको नेतृत्वमा ६ जनाको चिकित्सककाे टोली अछाम आईपुग्यो

20
SHARES
112
VIEWS

टेकराज भण्डारी, बैशाख ७, अछाम ।  नेपाल सरकारले सुदूरपश्चिममा पठाएकाे चिकित्सककाे टाेलि जिल्ला जिल्ला पुग्न थालेकाे छ । काेराेना संक्रमणकाे उच्च जाेखिममा रहेकाे र चिकित्सककाे अभाव भएकोले संघीय सरकारले ३३ जना चिकित्सक सुदूरपश्चिम प्रदेशमा पठाएको थियाे ।

सुदूरपश्चिम प्रदेशमा पुगेकाे चिकित्सककाे टाेलिलाई जिल्लामा पठाउने क्रममा अाज ६ जना चिकित्सककाे टाेली अछाम पुगेकाे छ । यस अघि जिल्ला अस्पताल अछामका प्रमुख रही हाल अध्ययनरत रहनुभएका मेडिकल अधिकृत डाक्टर शरदचन्द्र बरालको नेतृत्वमा ६ जना डाक्टरको टोली अछाम आईपुगेको हो ।

अछाम पुगेका अन्य चिकित्सकमा डा. मिलन सिलवाल, डा. क्षतिज सापकोटा, डा. धर्म रेग्मी, डा. प्रेम प्रसाद ढुंगाना, डा. माेहन नाथ गरी ६ जना रहेका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनु भयाे । कोरोनाको जोखिम र संक्रमणलाई कम गर्न र जिल्लामा कोरोनाका शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाइएको चिकित्सकलाई विभिन्न जिल्लामा पठाईएकाे सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भयाे ।

प्रदेश सरकारले पहाडी जिल्लामा सबैभन्दा बढी अछाममा ६ जना, डडेल्धुरामा ४ जना, बैतडीमा ३ जना, महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा ५ जना तथा सेती प्रादेशिक अस्पताल धनगढीमामा १५ जनालाई खटाएको हो । अछाममा पठाइएका डाक्टहरुले अछाम, बाजुरा र डोटीलाई हेर्ने गरि पठाइएको छ भने डडेल्धुरामा खटाईएका डाक्टरहरुले डडेल्धुरा र बझाङ हेर्ने तथा बैतडीमा पठाइएका डाक्टरले बैतडी र दार्चुला जिल्ला हेर्ने गरि पठाइएको मन्त्री सुवेदीले बताउनुभयो ।

यसैगरी सेती प्रादेशिक अस्पताल धनगढी, महाकाली अञ्चल अस्पतालले कैलाली कञ्चनपुर हेर्ने छन् । यदि कुनै ठाँउमा डाक्टरको अभाव भएमा प्रादेशिक अस्पतालबाट पूर्ति गर्ने मन्त्री सुवेदीले जानकारी दिनुभयाे । चिकित्सको टोली जिल्लामा एक महिना सम्म रहेर काम गर्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार