होम साउद, अछाम ७ वैशाख । कालागाउँ हेल्प ग्रुपद्धारा मंगलसेन गरपालिका वडानम्वर–१४ कालागाउमा राहत सामाग्री हस्तान्तरण गरेको छ । कालागाउँ जन्मभूमी भई कैलालि, बर्दिया, नेपालगंज, काठमाण्डौ बसोबास गर्ने, रोजगारीको शिलशिलामा विदेशमा रहेका र गाउमा रहेका युवाहरुको पहलमा सामाजिक सन्जालमा बनाएको कालागाउँ हेल्थ ग्रुप अग्निष्ट कोभिड १९ नामक गु्रपद्धारा संकलित राहत सामग्रि वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
कोभिड–१९ रोग संगै लकडाउन बाट गाउँमा प्रभाव पर्न सक्ने भन्दै स्वतः स्फुर्त रुपमा सक्दो सहयोग गरी तत्काल सम्पूर्ण घरपरिवारलाई २ किलो नुन र २ गोटा डिटोल साबुन पु्ग्ने गरि १० क्वीन्टल आयोडिन नुन र एक हजार गोटा डिटोल साबुन वितरण गर्ने गरी वडा नं. १४ का वडा अध्यक्ष तेज बहादुर भण्डारीलाई हस्तान्त्रण गरिएको हो । लकडावन बाट प्रभावित गाउँबासिलाई नुनको अभाव टार्न र कोभिड–१९ को संक्रमणबाट बच्न हात धुने बानिको विकास मा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सामाजिक संजाल मार्फत समुह बनाएर गाउँ बाहिर रहेका र गाउँभित्रै रहेका युवाहरुविच समन्वय गरी करिव २ लाख रकम सहयोग उठेको र सहयोग गर्ने क्रम निरन्तर चलिरहेको जनाईएको छ । राहत सामग्रि खरिद गरि वचत रहेको रकमलाई वडामा हुन सक्ने कोरोना लगायत अन्य समस्या समाधानमा प्रयोग गर्न सकिने समूहले जनाएको छ । विपद् परेको बेला राज्यको मुख ताकेर मात्र समस्या समाधान नहुने भन्दै युवाहरुले आफ्नो जिम्मेवारीलाई पनि पुरा गर्न सामाजिक कार्यको थालनी गरिएको युवाहरुले बताएका छन ।
विशुद्द परोपकारी उदेश्यका साथ सुरु गरिएको कार्य भएकोले यो समुहमा गैर राजनितिक समुहका रुपमा आफुहरुले सामाजिक संजाल मार्फत अभियान चलाएको बताईएको छ । सामाजिक संजालमा स्थापना गरिएको समुहको मुख्य अभियान्ताको रुपमा सुरेन्द्र सोडारी र लोचन रेग्मी लगायतका युवाहरु सक्रिय रहनुभएको छ । हाल सम्म करिव ३८ जना विभिन्न पेशा व्यावसाय तथा वैदेशिक रोजगारमा संग्लन व्याक्तिले सहयोग गरिसकेका छन ।
सामाग्रि हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष तेज ब भण्डारी, उक्त समुहका सदस्यहरु राजिव सोडारी, जनक सोडारी नेत्र सोडारी, कुमार भण्डारी, कृष्ण सोडारी, मान बहादुर सोडारी, खकेन्द्र सोडारी लगायतको उपस्थिति रहेको थियो । समूहले राहत सामग्रि ढुवानीमा सहयोग गर्ने मंगलसेन नगरपालिका र भक्त मिझारलाई धन्यवाद ज्ञापन गरेको छ ।
Discussion about this post