नेपालमा एकजना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ३१ पुग्यो

31
SHARES
174
VIEWS

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । संक्रमित दुईजना निको भएर अस्पतालबाट घर गएकै दिन फेरि अर्का एकजनालाई संक्रमण पाइएको हो । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

संक्रमित ६५ वर्षीय पुरुष भए पनि मन्त्रालयले उनको ठेगाना र अरु विवरण खुलाएको छैन । शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एक जना निको भएर घर पठाइएका थिए । यसअघि एक जना निको भएर घर गैसकेको थिए ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको पनि जानकारी दिएको छ । नियमित कोरोना अपडेट लाइभमा स्वास्थ्य मन्त्रालयले अहिलेसम्म उपत्यकामा पाँच र उपत्यका बाहिर १ सय १२ जना गरी १ सय १७ जना एकान्तवासमा रहेको पनि जनाएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार