मानवअधिकारको अवस्था अनुगमन गर्न अछाममा पाँच सदस्यीय समिति चयन

13
SHARES
73
VIEWS

अछाम, वैशाख ६ गते । नेपाल सरकारद्धारा जारी गरिएको बन्दाबन्दी अर्थात लकडाउनमका क्रममा मानवअधिकारको अवस्था अनुगमन गर्न अछाम जिल्लामा पाँच सदस्यीय मानवअधिकार अनुगमन समिति चयन गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग अन्तर्गत रहेको उक्त समितिमा बार एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद ढुंगाना संयोजक रहनेगरी पाँच सदस्यीय जिल्लास्तरीय माअवअधिकार अनुगमन समिति चयन गरिएको हो । समिति सदस्यमा पत्रकार महासंघका कार्यवाहक अध्यक्ष खम्म खत्री, गैरसरकारी संस्था महासंघका पूर्वकोषाध्यक्ष.विन्दु रावल, इन्सेक नेपालका जिल्ला प्रतिनिधि शिवराज ढुंगाना र अधिकारकर्मी दुधकला विष्ट रहेका छन् । चयन भएका सदस्यले नेपालका प्रचलित कानुन, आयोगका नीति, नियम तथा आचारसंहिता पालना गरेर अनुगमनमा खटिन भनिएको छ ।

अनुगमन समितिले कोरोना भाइरसका सन्दर्भमा अछाममा भइरहेका काम, स्वास्थ्य, खाद्य, न्याय, प्रेस र अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चार माध्यम नागरिक समाज, अधिकारकर्मीको भूमिका, नागरिक सचेतना र कर्तव्यका बारेमा अनुगमन गर्नेछ ।

आयोगको कार्यविधि अनुसार अनुगमन समितिले प्रत्येक हप्ता भिडियो कन्फ्रेन्स बैठक गरेर प्रतिवेदन राष्ट्रिय मानवअधिकार आयोगमा पठाउने भएको इन्सेक अछामका प्रतिनिधि शिवराज ढुंगानाले जानकारी दिनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगले तोकेको आयोगका आयुक्त संयोजक रहेको नौ सदस्यीय उच्चस्तरीय मानवअधिकार अवस्था अनुगमन तथा समन्वय समिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार