चन्द्र प्रसाद भाट,बैशाख ५,अछाम ।
कोरोना भाईरसको सम्भाबित जोखिम बाट सुरक्षित रहन सुदूरपश्चिम प्रदेश सरकार ले प्रदेशका ८८ वटै स्थानिय तहहरु लाई अनुदान स्वरुप राहात रकम उपलब्ध गराएको छ । कोरोनाको नियन्त्रणका लागी स्थानिय तहहरु लाई केहि राहात पुगोस भन्ने उदेश्यका साथ उक्त रकम उपलब्ध गराईएको प्रदेश सरकार ले जनाएको छ । जस अन्तरगत अछामका १० वटा स्थानिय तहहरुका लागी पनि प्रदेश सरकारले रकम उपलब्ध गराएको छ ।
जसमा सदरमुकाम मँगलसेनमा रहेको मँगलसेन नगरपालीका का लागी २९ लाख ८० हजार,साँफेबगर नगरपालीकाका लागी,२४ लाख ६० हजार,कमलबजार नगरपालीकाका लागी २१ लाख ६० हजार,पञ्चदेवल बिनायक नगरपालीकाका लागी २३ लाख,तुर्माखाँद गाउँपालीकाका लागी २१ लाख,ढकारी गाउँपालीका का लागी १८ लाख ६० हजार,रामारोसन गाउँपालीकाका लागी १८ लाख ५० हजार,बान्नीगढी जयगढ गाउँपालीकाका लागी १४ लाख ५० हजार,मेल्लेख गाउँपालीकाका लागी १७ लाख ५० हजार र चौरपार्टी गाउँपालीकाका लागी २२ लाख ३० हजार गरी सो रकम प्रदेश सरकारले उपलब्ध गराएको छ ।
प्रदेश सरकारले उक्त रकम उपलब्ध गराएपनि यसको प्रयोग कसरी हुन्छ भन्ने बिषयहरु उठ्न थालेका छन । सोहि क्रममा रकम खर्च गर्ने सिलसिलामा साँफेबगर नगरपालीकाका प्रमुख कुल बहादुर कुँवरले प्रदेश सरकारले उपलब्ध गराएको रकमको प्रदेश सरकारले पठाएको कार्यबिधि अनुसार नै पारदर्शिता ढँगले खर्च गरीने बताउनु भएको छ । प्रमुख कुँवरले नगरका अति बिपन्न,एकल महिला,जेष्ठ नागरीक लगाएतका क्षेत्रमा खाद्यान्नका कार्यक्रम हरु सञ्चालन गरीने बताउनुभयो ।
यस्तै चौरपार्टि गाउँपालीकाका अध्यक्ष हर्क बहादुर साउँदले सो रकम पालीका भित्र रहेका स्वास्थ्य सस्थाहरु लाई आवश्यकता का आधारमा खर्च गरीने बताउनु भयो । आफ्ना पालीका भित्रका करीब ८ हजार नागरीक भारतमा रहेकोले उनिहरु लाई पनि यताबाट राहात स्वरुप आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पालीका भित्र समस्यामा परेका नागरीकहरु को समस्या लाई ध्यानमा राखि उक्त रकम खर्च गरीने अध्यक्ष साउँदको भनाई छ ।
यता मँगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहराले उक्त रकम कुन कुन क्षेत्रमा खर्च गर्ने भन्ने प्रदेश सरकारको कार्यबिधि आई नपुगेकाले अहिले केहि भन्न नसकिने बताए । नगर प्रमुख बोहराले प्रदेश सरकारले कार्यबिधि पठाएपछि मात्रै यो रकम को खर्च क्षेत्र बारे भन्न सकिने बताए । अहिले नगरका समस्यामा परेका नागरीकहरु लाई नगरपालीकाले स्थापना गरेको राहात कोष बाटै काम गरीरहेको बोहोराको भनाई छ ।
यस्तै कमलबजार नगरपालीकाका प्रमुख ओम प्रकाश बिस्टले नगरपालीका लाई प्रदेश सरकारले उपलब्ध गराएको अनुदान रकम प्रदेश सरकार ले बनाएको कार्यबिधि अनुसार नै खर्च गरीने बताए । अहिले कार्यबिधि नपुगेकाले यस बिषयमा आफुले केहि भन्न नमिल्ने बताए । अहिले नगरपालीकाले स्थापना गरको राहत कोषबाट नै जनता लाई सेवा दिईरहेको बताए ।
Discussion about this post