काँग्रेसका जिल्ला सभापतिहरुलाई केन्द्रीय सदस्य धनराज गुरुङको अपिल

47
SHARES
260
VIEWS

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुलाई पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले अपिल गर्नुभएको छ । विविध बाध्यताले पैदल यात्रा मार्फत् आ आफ्नो घर तर्फ जादै गरेका व्यक्तिहरुलाई सहयोग गर्न उहाँले पार्टीका जिल्ला सभापतिहरुलाई अपिल गर्नुभएको हो ।

नेता गुरुङले पिडितहरुलाई सरकारले सहयोग गर्ला भन्ने आशा नगर्न पनि सुझाव दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत् उहाँले बाटोमा विचल्लीमा परेको सूचना पाउने बित्तिकै एक जिल्लाले अर्को जिल्लासँग समन्वय गरेर उद्वार गर्न आग्रह गर्नु भएको छ । उद्धार कार्यमा सरकारले अबरोध गर्न खोजे जनता आफैले प्रतिरोध गर्ने नेता गुरुङको भनाई छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, “जयनेपाल! भ्रष्ट जनबिरोधी सरकारको आशा नगरौं। बिभिन्न शहरबाट आआफ्नो घरतर्फ हिंडिरहेका मजदूर, असहाय नागरिकहरु बाटोमा विचल्लीमा परेको सूचना पाउने बित्तिकै एक जिल्लाले अर्को जिल्लासँग समन्वय गरेर उद्वार गर्नु हुन विनम्रताका साथ अनुरोध गर्दछु। उद्वार कार्यमा भ्रष्ट, जनबिरोधी सरकारले अबरोध गर्न खोजे जनता आफैले प्रतिरोध गर्नेछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार