जेठ १५ अगाडी बिद्यालय नखुल्ने, रिजल्ट लकडाउन खुलेको एक साताभित्र

181
SHARES
1k
VIEWS

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित भएको शैक्षिक संस्थाहरु जेठ १५ अघि नखुल्ने भएको छ। अरु जस्तै शैक्षिक क्षेत्र पनि कारोना कारण प्रभावित भएका कारण विद्यालय खुलेर पढाइ सुरु हुन थप समय लाग्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा रोकिएको छ भने एक कक्षा १–९ को वार्षिक परीक्षा सम्पन्न भए पनि नतिजा सार्वजनिक गर्न सकिएको छैन । यससँगै नयाँ शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का भएको छ । लकडाउन खोलेको एक सातामा रिजल्ट प्रकाशित गर्ने तथा भर्ना र पाठ्यपुस्तकको व्यवस्था गर्न स्कुलहरुलाई २० देखि ३० दिन लाग्ने भएकाले चाँडै विद्यलाय सञ्चालन गर्ने अवस्था नरहेको बताइएको छ।

साथै, कारोनाको त्रास कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले वैकल्पिक उपायबारे अध्ययन थालिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गरिने छ। यसबारे शिक्षामन्त्री गिरिजामणि पोखरेलले बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गर्नुभएको थियो। प्रदेश मन्त्रीहरूले पनि एक हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताएका थिए।

यता, शिक्षाविद्हरुले भने एक महिनासम्म परीक्षाको नतिजा रोकिँदा विद्यार्थीमा बेचैनी बढेको बताएका छन्। शिक्षाविद् डा. मनप्रसाद वाग्लेले सामाजिक दुरी कायम राखेरै परीक्षाको नतिजा सार्वजनिक गर्न पनि सकिने बतानुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार