दैलेखमा १०६ को कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट

292
SHARES
576
VIEWS

दैलेखका तीन स्थानीय तहका क्वारेन्टाइनमा रहेका १०६ जनाको ¥यापिड डाइगोष्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको छ। जिल्लाका आठबीस नगरपालिका, भगवतीमाई गाउँपालिका र नारायण नगरपालिकाका क्वारेन्टाइनमा १०६ जना व्यक्तिमा गरिएको कोरोना भाइरसको ¥यापिड डाइगोष्टिक टेष्ट रिपोर्ट नेगेटिभ आएको हो। गत चैत महिनायता भारतबाट गाउँ आएका उनीहरुको कोरोना भाइरस सङ्क्रमण भए नभएको पत्ता लगाउन गरिएको (आरडिटी) परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो।

विषेश गरी मजदूरी र रोजगारीको सिलसिलामा भारत पुगेर घर फर्किएका व्यक्तिमा कोरोना भाइरस छ, वा छैन थाहा पाउन सम्बन्धित स्थानीय तहमा पुगेर (आरडिटी) परीक्षण शुरु गरिएको जिल्ला अस्पतालका प्रमुख डा निराजन पन्तले जानकारी दिए। प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन ४२० किट पठाएपछि गत महिना भारतबाट फर्किएका जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा बस्दै आएका १०० जनाको पहिलो चरणमा (आरडिटी) परीक्षण गरिएका डा पन्तले बताए।

पहिलो चरणमा आठबीस नगरपालिकामा ८२ जना र दुई नेपाली सेना गरी ८४, नारायण नगरपालिकामा १८, भगवतीमाई एक र नारायण नगरपालिका–११ मा एक जना युवकसहित उहााँहरुका परिवारका तीन जना गरी आरडिटी परीक्षण गरिएको हो।

यसअघि नौमूले गाउँपालिकाको नौ, चामुण्डा विन्द्रासैनी नगरपालिकाका १७, आठबीस नगरपालिकाका दुई र दुल्लु नगरपालिकाका छ जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार