ढकारी गाउँपालिकाको कोषमा समाजसेवी साउँदको १२ हजार सहयोग

75
SHARES
418
VIEWS

नारायण जोशी, बैशाख ४ अछाम । अछामको ढकारी गाउँपालिकाले कोरोना भाईरस रोकथामका लागि स्थापना गरेको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा समाजसेवी तथा वुद्धिजिवी महाजित साउँदले आर्थिक सहयोग गर्नु भएको छ ।

ढकारी गाउँपालिका वडा नम्बर २ हिच्मा निवासी साउँदले बिश्व महामारीको रुपमा फैलिरहेको कोराना भाईरस ( कोभिड १९ ) को संक्रमण नेपालमा समेत देखा परेको र यसको रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले सुरु गरेको काममा सहकार्य तथा सहयोगका लागि भन्दै १२ हजार आर्थिक सहयोग गर्नु भएको छ ।

विहिबार बिहान समाजसेवी साउँदका छोरा तरुण दल जिल्ला अध्यक्ष प्रकाश बहादुर साउँदले उक्त १२ हजार बराबरको चेक ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर वलीलाई हस्तान्त्रण गर्नु भएको छ ।

नेपाल रेडक्रस सोसाईटी अछाम शाखाका पूर्व सभापति समेत रहनुभएका साउँदले सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता समेत निम्न वर्गका बालवालीकाहरुको शिक्षा क्षेत्रमा सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

साथै उहाँले आफुले सुरु गरेको सहयोगी अभियानमा जिल्ला बासी र सबैलाई सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । सामाजिक पेशामा क्रियाशिल साउँदले समाज परिर्वतनका लागि विभिन्न समयमा यस्तै रचनात्मक काम गर्दै आईरहनु भएको छ ।

कोरोना रोकथामका लागि नेपाल सरकारले समेत गत चैत्र ११ गते देखि यहि बैशाख १५ गते सम्म लकडाउन घोषणा गरेको छ । ढकारी गाउँपालिका पनि कोभिड १९ को उच्च जोखिममा रहेको सन्दर्भमा यसबाट उत्पन्न हुनसक्ने संकटको सामना गर्न गाउँपालिकाले राहत कोष स्थापना गरेको छ ।

गाउँपालिकाले १० लाख रकमको कोष स्थापना गरेको र कोषमा रकम जम्मा गरि सहयोग गरिदिन सबैलाई अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार