कोरोनाको जोखिम कम गर्न नेकपा प्रतिबद्ध छ : नगर ईन्चार्ज कुँवर

37
SHARES
208
VIEWS

चन्द्र प्रसाद भाट,बैशाख ४,अछाम
नेपाल कम्न्युस्ट पार्टी नेकपा कमलबजार नगर सँगठन कमिटीका इन्चार्ज बल बहादुर कुँवरले कोरोना भाइरस नियन्त्रणका लागि आफू र आफ्नो पार्टी कटिबद्ध भई लागिपरेको बताउनुभएको छ  । कमलबजार नगरपालिका कै पहिलो साप्ताहिक पत्रीका “सुदूर दर्पण साप्ताहिक” सँग कुराकानी गर्दै ईन्चार्ज कुँवरले सो कुरा बताउनुभएको हो । पछिल्लो समय कोरोनाको सँक्रमण तिब्र गतिमा फैलिदै गएकाले यसबाट थप सतर्कता अपनाउनु पर्ने बेला आएको उनको भनाइ छ ।
नेता कुँवरले कमलबजार नगरपालिकामा कोरोनाको सँक्रमण हुन नदिन विशेष सतर्कता अपनाईएको बताए । नेकपा कमलबजारले नगरपालिका भित्रका आफ्ना नागरिक लाई यसको जोखिम बाट वचन विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको बताएका छन । केही दिन पहिले आफ्नो पार्टीले नगरपालिका भित्र यसको सम्भाबित जोखिम बाट बच्न मास्क र साबुन बितरण समेत गरिएको बताउनुभयो ।
कोरोनाको जोखिम लाई मध्यनजर गर्दै कमलबजार नगरपालिकाले अघि सारेका सकारात्मक कार्यक्रममा आफ्नो पार्टीले सहयोग गर्दै आएको पनि बताए । जनताको स्वास्थ्य लाई ध्यानमा राखी नगरपालिकाले अगाडि बढाएका सबै कार्यक्रममा आफ्नो पार्टीले सहयोग गरीरहेको र आगामी दिनमा पनि सहकार्य गर्दै जाने भनाइ राख्नुभयो ।
सरकारले लागू गरेको लकडाउन लाई पालना गर्न जनता लाई आग्रह गरिएको बताउदैँ उहाँले आफ्नो पार्टीले कोरोना नियन्त्रणका लागि सक्रिय भुमिका निर्बाह गरीरहेको बताए ।
अहिले सँकटको समय भएकाले यो पार्टी त्यो पार्टी नभनी सबै राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवाला एकजुट भएर जनताको सेवामा लाग्नुपर्ने कुँवरको भनाइ थियो । साथै उहाँले कोरोनाको सम्भाबित जोखिम बाट बच्नका लागि सम्पूर्ण नगरपालिका बासिलाई सुरक्षीत तरीकाले एकान्तबास मा बस्न,भिडभाडमा नजान,एक अर्का सँग भेटघाट नगर्न,दैनिक सरसफाइमा ध्यान दिन पनि आग्रह गर्नुभएको छ । यो समयमा कोरोनाको डरले नआँत्तिन र सावधानी अपनाउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार