कोरोनाको जोखिम हामी बेर्होछौँ,तपाँईहरु सुरक्षित बस्नुहोस : अधिकृत भण्डारी

63
SHARES
350
VIEWS

चन्द्र प्रसाद भाट,बैशाख ४,अछाम,

बिश्वभर त्रसित फैलाईरहेको कोरोना भाईरस (कोभिड–१९) बाट सुरक्षित रहनका लागी बिषेश सतर्कता अपनाईएको रामारोशन गाउँपालिकाले जनाएको छ । दिन प्रतिदिन कोरोना सँक्रमितको सँख्या उकालो लाग्दै गएपछि सँघिय सरकार देखि स्थानिय सरकार सम्म उच्च सतर्कता अपनाईएको गाउँपालिकाले जनाएको हो । खुल्ला सिमानाका कारण सुदूरपश्चिम प्रदेशमा मात्रै ५ जनामा कोरोना पुष्ट्रि भएसँगै प्रदेशका ९ वटै जिल्लामा जोखिम बढेको छ ।

रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारीले ‘सुदूर दर्पण साप्ताहिक पत्रिका’ सँग गरेको सँक्षिप्त कुराकानी ।

कोरोनाको सँक्रमण बाट बच्न रामारोशन गाउँपालिकोको तयारी अवस्था के छ ?
सुदूरपश्चिम प्रदेशको पहाडि जिल्ला अछामको रामारोशन गाउँपालिकामा पनि यसको सँक्रमण हुन नदिन उच्च सावधानी अपनाईएका छौँ। “हामीले गाउँपालिकामा कोरोनाको सँक्रमण फैलिन नदिन बिषेश सतर्कता अपनाएका छौँ, लकडाउन नसकिए सम्म गाउँपालिकामा प्रबेश गर्न र गाउँपालिका बाट बाहिर जान समेत रोक लगाईएको छ । भण्डारीले अगाडी थपे,लकडाउनको समयमा गाउँपालिकाका जनतालाई खाद्यान्नको समस्या हुने भएपछि खाद्यान्नका सवारी साधन भने सञ्चालनमा छन् । खाद्यान्न सवार गाडीमा पनि २ जना मात्र सवार हुन पाउनेछन् ।”
गाउँपालिकाका प्रत्येक वडाहरुमा हामिले क्वारेन्टाईन समेत निर्माण गरेका छौँ । अहिले रामारोशन गाउँपालिकाको वडा नः १ मा निर्माण गरीएको क्वारेन्टाईनमा ३ जना र वडा नः ५ मा निर्माण गरीएको क्वारेन्टाईनमा २ जना राखिएको छ । उनिहरुको खाना,नास्ता लगाएतको ब्यवस्था पनि गाउँपालिका सरकारले नै ब्यहोर्दै आएको छ ।

लकडाउन लाई कार्यान्वयन गर्ने शिलशिलामा गाउँपालिका कसरी अगाडी बढ्दै छ ?
चैत्र ११ गतेदेखि लगाईएको लकडाउन लाई कार्यान्वयन गर्ने शिलशिलामा पनि गाउँपालिका सरकार अग्रसर भएको छ । “पालिकाका सबै जनप्रतिनिधिहरु सक्रियताका साथ लागीपरेका छन । सुरक्षाको ब्यवस्थामा कमि भएकाले लकडाउन लाई कार्यान्वयन गर्न केहि समस्या भएको छ । शान्तडा प्रहरी चौकीमा कार्यरत सबै सुरक्षा निकायका ब्यक्तिहरु लागीपरेका छन,तै पनि प्रयाप्त मात्रामा नेपाल प्रहरीको अभाब छ ।” गाउँपालिका लाई कोरोना बाट सुरक्षित राख्नका लागी गाउँपालिका भित्रिने सबै नाकामा निषेध गरीएको छ । गाउँपालिका भित्रिने कालीकोटको नाका,बिनायक जोड्ने कालापानी नाकामा पनि बिषेश निगरानी राखिएको छ ।

जनताको समस्या लाई मध्यनजर गर्दै गाउँपालिकाले राहातका कस्ता कार्यक्रमहरु ल्याएको छ ?
पालिकाका सबै वडामा बास्तबिक राहात पाउनुपर्ने परीवारको बिबरण सँकलन गरी राहातका कार्यक्रमहरु अगाडी सारीएको छ । प्रत्येक वडाका जनप्रतिनिधिहरुको सिफारीसमा हामीले राहात बितरण गरीरहेका छौँ । पालिकाका गरीब,बिपन्न,असहय,एकल महिला,टुहुरा,बृद्धबृद्धा लागाएत जटिल प्रकृतिका नागरीकहरु लाई गाउँपालिकाले राहात बितरण गर्नेछ ।

अन्तमा कोरोना बाट सुरक्षित रहन गाउँपालिका बासिमा के सन्देश दिनुहुन्छ ?
कोरोना भाईरस बाट बच्नका लागी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको हैसियतले सम्पुर्ण पालिका बासिमा सरकारले गरेको लकडाउनको कार्यक्रम लाई पुर्णरुपमा पालना गर्न अनुरोध गर्दछुँ । हाम्रो आफ्नै स्वास्थ्य लाई मध्यनजर गर्दै सरकारले यो लकडाउनको उपाय अपनाएकाले यसको पूर्ण पालना गर्न सबैमा आग्रह गर्दछुँ । यो समयमा एक अर्का सँग भेटघाट नगरी एकान्तबास मा बस्न,भिडभाडमा नजान,नियमित साबुन पानीले हात सफा गर्न,अल्कोहल यूक्त सेनिटाईजरको प्रगोग गर्न,मास्कको प्रयोग गर्न,सरसफाईमा ध्यान दिन म अपिल गर्दछुँ । धन्यबाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार