सँकट लाई टार्न लकडाउनको पालना गर्न जरुरी छ : प्रचार बिभाग प्रमुख भट्टराई

33
SHARES
184
VIEWS

बैशाख ३,अछाम,नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचार विभाग प्रमुख तथा मेल्लेख गाउँपालिका संगठन कमिटी ईन्चार्ज हिरण्ड भट्टराईले कोरोना भाईरसका कारण विश्व नै संकटको घडिमा रहेको अवस्था यो समस्याबाट पार पाउको लागि सम्पूर्णलाई लकडाउनको पालना गर्न सम्पूर्णमा आग्रह गर्नुभएकाे छ ।

नेता भट्टराईले लकडाउनको पूर्णपालना गर्दै मेल्लेख गाउँपालिकाका प्रत्येक वडामा चेतनामुलक कार्यक्रम गर्दै आएको पनि जानकारी दिनुभयो । उहाँले वडामा राहतका कार्यक्रमदेखि, क्वारेन्टाईन निर्माणको लागि स्थानीय सरकालाई पार्टीले सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँले यो संकटको घडीमा कुनै एक व्यक्ति समदायको, पार्टीको मात्र जिम्मेवारी नभएर सम्पूर्ण व्यक्तिको सहयोगको आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार