अछाम ३ वैशाख,मंगलसेन नगरपालिका वडानम्वर १ मा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष गाेपाल थापाकाे अध्यक्षतामा भएको बैठकले काेराेना भाईरसका कारण सरकारले गरेकाे लकडाउनका कारण समस्यामा परेका ब्याक्तीहरुकाे तथ्यांक संकलन गरेकाे छ । सामाजिक दुरि कायम गर्दै सम्पन्न बैठकले वडाभित्रका गरिब बिपन्न ९५ घरपरिवारलाई नगरपालिकाकाे निर्देशन अनुसार राहत मापदण्डका अधारमा खाद्यान्न बितरण गर्ने निर्णय गरिएको छ ।
यस्तै बैठकले वडाकाे छुट्टै बिपत ब्यावस्थाप काेष निर्माण गर्ने निर्णय पनि गरेकाे छ । काेषमा तत्काल वडा अध्यक्ष गाेपाल थापाले १० हजार, वडा सदस्यहरु पूर्णबहादुर राना, तेजराज नाथ, गंगा थापा र राधिका जयगडिले ५/५ हजार जम्मा गर्ने निर्णय भएको छ ।
काेषमा नेकपा वडा कमिटी अध्यक्ष मिनराज नाथले ३ हजार र हाेम साउदले १ हजार १ सय जम्मा गरेका छन । वडाले स्थापना गरेकाे काेषमा अन्य ब्याक्तिहरुलाई पनि सहयोगका लागि वडाले अाग्रह गरेकाे छ । बैठकमा वडा सदस्यहरु सहित नेकपा नगर कमिटी सहईञ्चार्ज राम राज नाथ, वडा कमिटी अध्यक्ष मीन राज नाथ, सचिव कमल थापा, नेपाली काँग्रेस वडा सभापति टेकराज नाथ लगायत टाेलविकास समिति अध्यक्ष र सराेकारवालाहरुकाे सहभागीता रहेकाे थियाे ।
Discussion about this post