चन्द्र प्रसाद भाट,२ बैशाख,अछाम,बिश्वभर महामारीको रुपमान फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) बाट बच्नका लागी कमलबजार नगरपालीका वडा नः ९ मष्टाबण्डालीले बिषेश सतर्कता अपानाएको जनाएको छ । दिन प्रतिदिन कोरोना भाईरसका सँक्रमित बिरामीहरु बढ्दै जान थालेपछि यसको जोखिम थप बढेको भन्दै वडमा थप सतर्कता अपनाईएको वडा अध्यक्ष दुर्गा प्रसाद बजगाँईले जानकारी दिनुभयो । अहिले वडामा एक ठाउँमा भेला नहुनँ,एक अर्का सँग भेटघाट नगर्न,लकडाउनको पुर्ण रुपमा पालना गर्ने लगाएतका सुझाबका कामहरु सञ्चालन भैरहेका वडा अध्यक्ष बजगाँईले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा मात्रै ५ जनामा कोरोना पुष्ट्रि भैसकेकाले प्रदेशको पहाडी जिल्ला अछाम पनि कोरोनाको उच्च जोखिममा रहेको बताउँदै अध्यक्ष बजागाँईले यसबाट सुरक्षित रहन सरकारले सुरु गरेका सकारात्मक कार्यक्रममा एैक्वेबद्धता जनाउँदै सहयोग गर्न पनि अपिल गर्नुभयो । हाम्रै स्वास्थ्यका लागी सरकारले लकडाउन लगाएतका निषेधाज्ञाका कार्यक्रमहरु सञ्चालन गरेकाले यसमा सहयोग गरीदिन पनि वडा अध्यक्ष बजगाँईले वडा बासिमा आग्रह गर्नुभयो ।
यो समयमा सरसफाईमा बिषेश ध्यान दिन वडा बासिलाई आग्रह गर्दै उहाँले दिनहुँ पटकपटक साबुन पानीले २० सेकेण्ड सम्म मिचिमिचि हात धुन र तातो झोलीलो खानेकुरा खान पनि अनुरोध गर्नुभयो । यो समयमा कोरोनाको उच्च जोखिम लाई मध्यनजर गर्दै अत्यावश्यक काम बाहेक वडामा प्रबेश गर्न र बाहिर जान पनि बन्द गरीएको पनि उहाँको भनाई छ । केहि समय पहिले जिल्ला बाहिर तथा बिदेश बाट वडामा भित्रिएका हरुलाई सुरक्षित तरीकाले घरभित्रै बस्न आग्रह गरीएको पनि उहाँले बताउनुभयो । वडामा रहेका पसलहरु लाई आवश्यकताका आधारमा निश्चित समय तोकेर सञ्चालन गर्ने गरीएको बताउँदै अध्यक्ष बजगाँईले वडामा यो रोग भित्रिन नदिन उच्च सावधानी अपनाईएको पनि बताए ।
देश पुरै लकडाउनमा रहेकाले वडामा मजदुरी गरी जिबिको पार्जन गर्ने घर परिवारको बिबरण सँकलन गरी तत्काल उनिहरु लाई राहातका कार्यक्रमहरु पनि सँचालन गरीने उनको भनाई छ । गरीब,अपाङ्ग,असहाय,एकल महिला,टुहुरा लगाएतका परीवारहरुको बिबरण सँकलन गरीने पनि उनले बताए । खुल्ला सिमाका कारण सुदूरपश्चिमा सबैभन्दा बढि कोरोना सँक्रमित हरु देखा परेकाले यसको असर अछाम जिल्लामा पर्न नदिन लकडाउनको पालना गर्न पनि आग्रह गर्नुभयो । कोरोना बाट बच्ने सबैभन्दा उत्तम उपाए लकडाउन नै भएकाले यसको सफल कार्यान्वयन सँगै सामाजिक दुरी कायम गर्न पनि वडा कार्यालयले सबै वडा बासिमा आग्रह गरेको बताईएको छ ।
Discussion about this post