लक्ष्मी धामी ,अछाम । विनायक स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामाग्री नहुँदा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन । पञ्चदेवल विनायक नगरपालिकाको केन्द्रबिन्दुमा रहेको बिनायक स्वास्थ्यचौकीमा स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीका लागी आवश्वक उपकरण तथा स्वास्थ्य सामाग्री नहुँदा विश्वनै त्रसित बनाइरहेको कोरोना संक्रमण विरुद्ध लड्न स्वास्थ्यकर्मीहरुलाई सकस भएको छ ।
स्वास्थ्यचौकीमा ९ जना स्वास्थ्यकर्मीहरु भएपनि आवश्यक पर्ने पिपिई ३ थान मात्रै हुँदा बाँकी ६ जना स्वास्थ्यकर्मीहरुले पिपिई प्रयोग बिनै सेवा दिनु परेको विनायक स्वास्थ्य चौकीका इन्चार्ज पदम तिमिल्सैनाले बताउनु भएको छ । अनमी चण्डीका शाहीका अनुसार स्वास्थ्यचौकीमा आवश्यक ग्वोलव्स, मास्क प्रयाप्त मात्रामा छैनन । साथै नगरपालिकाले स्वास्थ्यकर्मीका लागी दिने भनेको प्रोत्साहन भत्ता पनि नदिएको र जिवन बिमाका लागी स्थानीय तहबाट कुनै पहलनै भएको छैन ।
यो बिषम परिस्थीतीमा स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको प्रभावनै नगरि लागीपरेको भएपनि समन्धित निकायले त्यती चासो नदेखाएको बिनायक स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन । उता पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य सेवा साखा संयोजक लक्ष्मीकान्त बजगाईँले नगरपालिकामा सबै स्वास्थ्य सामाग्री प्रयाप्त मात्रामा रहेको दाबी गर्नु भएको छ ।
कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागी आवश्यक सामाग्री माग गरिएको र उक्त सामाग्री प्रत्यक स्वास्थ्यचौकीमा बितरण गरिरहेको जानकारी दिनु भयो । नेपाल कम्युनिस्ट पार्टी नेकपा पञ्चदेवल बिनायक नगरपालिका वडा नम्वर २ का वडा कमिटी अध्यक्ष कृपा बहादुर धामीको नेत्रित्वमा बिनायक स्वास्थ्यचौकीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा रेडियो पञ्चदेवलका लक्ष्मी धामी,रेडियो परिवर्तनका मदन जैसी लगायतको सहभागीता रहेको थियो ।
Discussion about this post