भारतमा रहेका आफ्ना नागरीकसँग वडा अध्यक्ष भण्डारीको भिडियो कन्फरेन्स सम्बाद

95
SHARES
529
VIEWS

अछाम । मँगलसेन नगरपालिका वडा नः ६ का वडा अध्यक्ष जनकराज भण्डारीले भारतमा रहेका आफ्ना वडाका नागरीक हरु सँग आज भिडियो कन्फरेन्समा मार्फत कोरोना भाईरस बारे जानकारी लिनुभएको छ । वडा अध्यक्ष भण्डारीले रोजगारीका लागी भारतमा रहेका आफ्ना वडाका नागरीक हरुसँग कोरोना भाईरसको अवस्था बारे जानकारी लिनुभएको हो ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस बाट बच्न भिडियो कन्फरेन्स मार्फत आग्रह गर्नुभएको हो । यो लकडाउनको समयमा सुरक्षित तरीकाले घरभित्रै बस्न पनि वडा अध्यक्ष भण्डारीले अपिल गर्नुभयो । करीब १ घण्टा लामो भिडियो कन्फरेन्समा भण्डारीले आफ्ना नागरीकहरु रहेको स्थानको. बारेमा जानकारी लिनुभएको छ ।

दिन प्रतिदिन कोरोनाको सँक्रमण उकालो लाग्दै गैरहेकाले यसको जोखिम बाट बच्न वडा अध्यक्ष भण्डारीले आग्रह गरेका छन । आफ्नो जिवन रहेमात्र भौतिक शरीरका लागी चाहिने बस्तुहरुको आवश्यकता हुने भएकाले पहिले आफु स्वस्थ्य हुनुपर्नेमा जोड समेत दिनुभयो । भारतमा पनि कोरोना भाईरस तिब्र रुपमा फैलिरहेकाले यसबाट सचेत हुन भारतमा रहेका वडा बासिमा अपिल गर्नुभयो ।
आफुले पनि वडामा कोरोना भाईरस फैलिन नदिन बिषेश सतर्कता अपनाएकाले यसमा सबै वडा बासिमा अनुरोध गर्नुभयो । यो समय अति सम्बेदनशिल भएकाले यो समयमा नेपाल सरकारले लागु गरेको लकडाउन लाई पुर्ण रुपमा लागु गर्नका लागी सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपालमा पनि १२ जनामा कोरोना भाईरस पुष्ट्रि भैसकेकाले नेपालमा लकडाउन लाई थप कडाई गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भिडियो कन्फरेन्स सम्बादमा वडा अध्यक्ष भण्डारीले भारत सरकारले लागु गरेको लकडाउन को पूर्ण रुपमा पालना गर्न पनि भारतमा रहेका आफ्ना नागरीकहरु लाइ आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार