बाजुरामा राहातको नाममा कुहिएको चामल

28
SHARES
153
VIEWS

बाजुरा । राहतका नाममा बडिमालिका नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरिएको चामल कुहिएको अवस्थामा रहेको पाईएको छ । बडिमालिका नगरपालिका वडा नम्बर ४ मा बाँडेको चामल कुहिएको स्थानिय नरेन्द्र नाथले वताएका छन् । आफ्नो टोलमा आएको ६ कट्टा सबै चामल कुहिएको नाथले जानकारी दिएका छन् । बितरण गर्दा पुरै कट्टा मिलाएर बाडेको थियो, घरमा ल्याएर खोलेर बाडौ भन्दा त पुरै चामल कालो भएको कुहिएको डल्ला परेको पाईएपछि नगरपालिकालाई फिर्ता लिन आग्रह गरेका छन् ।

कुहिएको चामल खान नमिल्ने भन्दै फिर्ता गरेका हुन् । वडिमालिका नगरपालिका वडा नम्बर ४ मा १ सय ७५ जनालाई चामल बितरण गरेको वडाध्यक्ष सुरेन्द्र नाथले वताएका छन् । ३० परिवारलाई २० केजीका दरले र १ सय ४५ जनालाई १० केजीका दरले राहत बितरण गरेको नाथले बताएका छन् । ओलेना टोलमा ३० केजीका ६ कट्टा चामल सडिएको पाईएकाले खाद्य संस्थानलाई नै फिर्ता गर्न लागेको उनले बताए । वडा अध्यक्ष नाथले अरुलाई बितरण गरेको चामल ठिक भएपनि २१ क्ट्टामा २ कट्टा मात्र सडिएको देखिएकोले फिर्ता गरेको बताएका छन् ।

वडा नम्बर ४ मा ३० केजीका ७० कट्टा चामल बितरण गरिएको थियो । चामल नगरपालिकाले खरिद गरेर वडालाई राहतका लागि दिएको थियो । नेपाल खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले भने गएको बर्षको मौजात रहेको चामल हो, हामिले ३० केजीका कट्टा बिक्रि गरेका हौ, गोदाम वा ढुवानी गर्दा कुनै कट्टामा खराबी आएकाले यस्तो भएको हुन सक्ने बताएका छन् ।

बडिमालिका नगरपालिकाले १ सय ५० कुन्टल बडिमालिका नगरपालिकामा राहतका लागि खाद्य संस्थान बाट खरिद गरेको छ । नगरप्रमुख पदम बडुवाल भने संस्थानको चामल खरिद गरेर राहत बितरण गर्ने निर्णय अनुसार बितरण गरेका हौ, तर सडिएको कुहिएको आफुलाई जानकारी नभएको बताएका छन् । कुहीएको चामल त्यस्तो चामल नै फिर्ता गर्न लगाएको मेयर बडुवालले वताए । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने भने यो बारेमा जानकारी नभएको खाद्य संस्थानलाई बुझने वताएका छन् । मूलधार पोष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार