लकडाउन तत्काल खुल्दैन् : प्रधानमन्त्री ओली

99
SHARES
552
VIEWS

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ लाई फैलिन नदिन जारी लकडाउन तत्काल नखुल्ने प्रष्ट पारेका छन् । शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन्।

सरकारले अहिले भारतीय सीमामा प्रत्येक किलोमिटरको दरमा सशस्त्र प्रहरी खटाएर गस्ती गरिरहेको जानकारी दिदैं लकडाउन छिट्टै अन्त्य नहुने उनको तर्क थियो । भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरूको स्थिति जानकारी लिएका थिए।

उनले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पारेका छन्। उनले जनतालाई दुस्ख दिन नभइ जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार