तुर्माखाँद गाउँपालिकाकाे काेषमा चेतना सहकारी संस्थाकाे १० हजार सहयाेग

29
SHARES
160
VIEWS

टेकराज भण्डारी, चैत्र २९, अछाम । अछामकाे तुर्माखाँद गाउँपालिकाले काेराेना भाईरस राेकथामका लागि स्थापना गरेकाे स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सहकारी संस्थाले पनि अार्थिक सहयाेग गरेकाे छ । तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ मा रहेकाे चेतना बचत तथा ऋण सहकारी संस्था भैरबस्थानलेगाउँपालिकाले स्थापना गरेकाे राहत काेषमा १० हजार १ सय ५१ रुपैँया प्रदान गरेकाे हाे ।

बिश्व महामारीको रुपमा फैलिएको कोभिड 19 ( कोराना भाईरस) को संक्रमण नेपालमा समेत देखापरेको र यसक‍ो रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले गरेकाे काममा सहकार्य तथा सहयाेगका लागि सहकारीले रकम प्रदान गरेकाे सहकारी संस्थाका अध्यक्ष राजबहादुर बिसीले जानकारी दिनुभयो ।

” एक थुकि सुकि सय थुकि नदी ” भन्ने सहकारीको नारा अनुसार सहानुभूति स्वरुप कोषमा संस्थाका अध्यक्ष बिसी, सचिव नरबहादुर बिसी, र व्यवस्थापक जमानसिंह बिसीको उपस्थितिमा तुर्माखाँद गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष पदम बहादुर बिसीलाई संस्थाका अध्यक्ष राजबहादुर बिसीले दश हजार एकसय एकाउन्न रुपैयाँको चेक हस्तान्तरण गर्नुभएकाे हाे ।

काेराेना राेकथामका लागि नेपाल सरकारले समेत गत चैत्र ११ गते देखि २०७७ बैशाख ३ गते सम्म लकडाउन गरेको छ । तुर्माखाँद गाउँ पालिकाले पनि कोभिड 19 को उच्च जोखिममा रहेको सन्दर्भमा यसबाट उत्पन्न हुनसक्ने संकटको सामना गर्न गाउँपालिकाले राहत काेष स्थापना गरेकाे छ ।

नविल बैंक तुर्माखाँद शाखामा गाउँपालिकाले “स्थानीय तह प्रकोप व्यवस्थापन कोष” अन्तर्गत 07901017500526 नम्बरकाे खाता संचालनमा ल्याएकाे छ ।  गाउँपालिकाले २० लाख रकमकाे काेष स्थापना गरेकाे र काेषमा रकम जम्मा गरि सहयाेग गरिदिन सबैलाई अनुराेध गरिएकाे गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार