२०७७ सालमा कुन राशीलाई कस्तो हुन्छ ? हेर्नुहाेस् वषभरीकै राशिफल

1.4k
SHARES
7.8k
VIEWS

मेष : वर्षको शुरुमा व्यवसायमा तनाव आउनेछ । स्थान परिवर्तन गर्नुपर्ने एवं नयाँ कामको थालनी हुनेछ । राजनीतिक एवं सामाजिक क्षेत्रमा जिम्मेवारी मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता कम मिल्नेछ । आर्थिक पक्ष भने राम्रो बन्ने एवं राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ । असार, असोज एव फाल्गुन महिना शुभ हुनेछन् । मंसीरमा स्वास्थ्य बाधा एवं चैतमा धन हानी हुन सक्नेछ । माघ र फाल्गुन महिनामा राजनीति एवं सरकारी लाभ मिल्नेछ । वर्षको अन्त्यतिर भने वैदेशिक काममा सफलता मिल्नेछ एवं जग्गाजमिन सम्बन्धी घरायसी वादविवाद एवं मुद्दामामिलाको सम्भावना रहन्छ ।

वृष : वर्षको शुरुमा आर्थिक समस्या बेहोर्नुपर्नेछ । आफन्तसँग मनमुटाव एव सम्बन्धमा चिसोपना आउनेछ । भदौसम्म स्वास्थ्यमा बाधा एवं चोटपटको योग रहन्छ । भदौपछि भने यात्रा एवं वैदेशिक काममा सफलता मिल्नेछ । धार्मिक काममा खर्च हुने एवं सामाजिक क्षेत्रमा पहिचान स्थापित हुनेछ । सन्तानको सुख मिल्ने एवं आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ । घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा भने बाधा आउनेछ । साउन, कार्तिक एवं चैत्र महिनामा सफलता बढी मिल्नेछ । जेठ, भदौ र पुस महिनामा स्वास्थ्य समस्या देखापर्नेछ ।

मिथुन : शुरुका महिना स्वास्थ्य एवं पारिवारिक दृष्टिकोणले कमजोर रहनेछन् । अनावश्यक लाञ्छना लाग्ने एवं परिवारमा द्वन्द आउन सक्नेछ । वर्षभरी नै अढैया शनीदशाले प्रभाव पार्ने हुनाले आर्थिक क्षेत्रमा प्रगति कम हुने देखिन्छ । स्वास्थ्य बाधाले पिरोल्न सक्नेछ । भदौ, मंसिर महिना बढी शुभ रहनेछन् । भदौपछिको समय पारिवारिक रुपमा कमजोर रहनेछ । अनावश्यक खर्च बढ्नाले सञ्चित धनको क्षय हुनेछ । अध्ययन क्षेत्रमा सामान्य प्रगति हुनेछ । असोज, माघ महिना कमजोर महिना रहनेछन् । फागुन वैदेशिक फाइदा मिल्नेछ । मिथुन राशीलाई वर्षभरी नै समय मध्यम रहनेछ ।

कर्कट : वर्षको शुरुमा आर्थिक कठिनाइ बढी हुनेछ । स्वास्थ्यमा समस्या एवं धनको हानी बढी हुनेछ । भदौपछि भने आकस्मिक रुपमा आर्थिक प्रगति हुनेछ । प्राविधिक क्षेत्र एवं कृषि क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । सन्तान सम्बन्धि चिन्ता भने बढ्ने एवं सन्तानको लागि बढी खर्च हुनेछ । वैवाहिक एवम प्रेम प्रसंगमा भने सफलता मिल्नेछ । अध्ययन क्षेत्रमा सामान्य प्रगति हुनेछ । जग्गा जमिन एवं माटो सम्बन्धी व्यवसायबाट आर्थोपार्जन हुनेछ । असोज एवं पुस महिना राजनीतिक एवं सामाजिक पहुँच मिल्नेछ । कार्तिक एवं फागुन महिना स्वास्थ्यको लागि कमजोर हुनेछन् । साउन महिनामा भने पारिवारिक द्वन्द बढ्नेछ । कर्कट राशीको लागि यो वर्ष पारिवारिक र स्वास्थ्यको लागि कमजोर भएतापनि आर्थिक र राजनीतिक हिसाबले राम्रो हुनेछ

सिंह : वर्षको शुरुवातीतिर नयाँ योजना बन्नेछन् । नयाँ क्षेत्रमा लगानी एवं आर्थिक रुपमा फाइदाजनक हुनेछ । सन्ततीको लागि भने चिन्ता बढ्ने एवं शारिरीक रुपमा चोटपटक बढी लाग्ने देखिन्छ । सामान्य झै–झगडा एवं मुद्दामामिलाको योग बन्नेछ । शैक्षिक क्षेत्रमा भने भदौपछि मात्रै प्रगति मिल्नेछ । व्यवसाय एवं बासस्थान परिवर्तन हुनेछ । आफन्तसँग छुट्टिनुपर्ने एवं पारिवारिक द्वन्द बढ्नेछ । असार, कार्तिक एवं माघ महिना बढी फलदायी रहनेछन् । साउन, मंसिर एवं चैत्र महिना स्वास्थ्य र आर्थिक हिसाबले कमजोर रहनेछन् । समग्रमा सिंह राशीको लागि यो वर्ष सन्तानको लागि कमजोर वर्ष रहने, व्यवसाय र वैदेशिक कामको लागि राम्रो ठहरिनेछ ।

कन्या : वर्षको शरुका महिना आर्थिक हिसाबले कमजोर रहनेछन् । घरायसी विवाद बढ्ने एवं जग्गा जमिनमा सम्बन्धी वैमनस्यता आउनेछ । शारिरीक रुपमा स्वास्थ्य समस्या देखिनेछ । बासस्थान परिवर्तन हुने एवं मातापिताको स्वास्थ्यमा समस्या आउनेछ । भदौ पछिको समय तुलनात्मक रुपमा राम्रो हुनेछ । छोराछोरीको प्रगति हुने एवं सन्तानद्वारा आर्थिक सहयोग मिल्नेछ । विद्याध्ययनमा राम्रो प्रगति हुने एवं रोजगारीको अवसर मिल्नेछ । व्यापार व्यवसायमा भदौपछिको समय लाभदायक हुनेछ । साउन, मंसिर र फाल्गुन महिना शुभ रहनेछन् । भदौ र पुस महिना धन र स्वास्थ्यको हिसाबले अशुभ रहनेछन् । समग्रमा कन्या राशीको लागि यो वर्ष पारिवारिक रुपमा कमजोर भएतापनि आम्दानी र शैक्षिक रुपमा प्रबल रहनेछ ।

तुला : वर्षको शुरुमा पारिवारिक सहायताबाट नयाँ काममा लगानी हुनेछ । आर्थिक समस्यामा दाजुभाइको सहयोग मिल्नेछ । बिदेशबाट सहयोग मिल्नेछ । बासस्थान परिवर्तन हुने एवम वैदेशिक यात्राको योग बन्नेछ । यो राशीलाई वर्ष भरी नै अढैया साँढेसाती शनीको प्रभाव रहनेछ । मानसम्मानमा आँच आउने एवं पद, प्रतिष्ठामा धोका हुन सक्नेछ । सामान्य मुद्दामामिला खेप्नुपर्ने एवं शत्रुले दुःख दिनेछन् । अध्ययनमा भने यो वर्ष सफलता कम मिल्नेछ । मानसिक तनाव एवं जिम्मेवारी बढ्नाले पारिवारिक द्वन्द आउनेछ । भदौपछिको समयमा आफन्तमा वैभवता आउने एवं धनसम्पत्तिमा झमेला पर्नेछ् । वादविवाद एवं झैझगडाले आफन्त टाढा हुनेछन् । उद्योग, प्राविधिक, फलाम एवं प्राकृतिक सम्पदाको व्यवसाय गर्नेहरुका लागि भने यो वर्ष राम्रो नै हुनेछ । भदौ, पुस एवं चैत महिना शुभ रहनेछन् ।

वृश्चिक : वर्षको शुरु धनसम्बन्धि चिन्ता थपिनेछ । आफन्तमा वैरभाव हुनसक्ने एवं सम्पत्तिको चोरी एवम हानी हुन सक्नेछ । चोटपटक एवं बाधा आउनेछ । भदौपछिको समय भने वैदेशिक रुपमा बढी सफल हुनेछ । परिवारमा सामान्य झमेला भने आउनेछ । दाजुभाइ एवं नयाँ मित्रहरुको सहयोगले नयाँ व्यवसायको थालनी हुनेछ । अध्ययनमा प्रगति हुने एवं सन्तानबाट व्यवसायमा साथ मिल्नेछ । सवारी साधन, फलाम सम्बन्धी व्यवसायमा सफलता मिल्नेछ । असोज र माघ महिना शुभ रहनेछन् । असार, कार्तिक र फागुन महिनामा आर्थिक एवं स्वास्थ्य सम्बन्धी तनाव बढ्नेछ । समग्रमा वृश्चिक राशीको लागि यो वर्ष व्यवसायको हिसाबले राम्रै रहनेछ ।

धनु : वर्षको सुरुमा पारिवारिक चिन्ता थपिनेछ । भदौ महिना सम्म निजी काममै अलमल रहने तथा व्यवसायको हिसाबले भदौपछिको समय लाभदायक रहनेछ । सामान्य रुपमा खर्च बढी हुने एवं नयाँ ठाउँमा लगानी बढ्नेछ । व्यवसाय परिवर्तन हुने एवं पारिवारिक रुपमा विवाद आउनेछ । यो राशीलाई वर्ष भरी नै अन्त्य साँढेसातीको प्रभाव रहनेछ । व्यापार व्यवसायमा भने प्रगति देखिन थाल्नेछ । कुलकुटुम्ब एवम नातागोताबाट आर्थिक सहयोग मिल्नेछ । बोली बचनले साथ दिने एवं आफ्नो योग्यता, क्षमताको कदर हुनेछ । कार्तिक र फागुन महिना बढी लाभदायक हुनेछन् । साउन, मंसिर महिना सामान्यतया कमजोर रहनेछन् । शैक्षिक क्षेत्रको लगानीले यो वर्ष राम्रै आम्दानी मिल्नेछ ।

मकर : वर्षको शुरुको समय आर्थिक रुपले कमजोर रहनेछ । व्यवसायमा परिवर्तन आउनाले आर्थिक भार बेहोर्नुपर्नेछ । भदौसम्म चोटपटक एवं स्वास्थ्यमा बाधा आउन सक्नेछ । भदौपछिको समय आकस्मिक लाभ एवं आर्थिक रुपमा बढी सफल भइनेछ । राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । शैक्षिक क्षेत्रबाट सन्तुष्टि मिल्नेछ । सामाजिक रुपमा मान सम्मान अवसर आउनेछ । यो राशीलाई वर्ष भरी नै मध्य साँढे साती शनीको प्रभाव रहनेछ । मानसम्मान एवं सामाजिक प्रतिष्ठामा भने होशियार रहनुपर्नेछ । असार, मंसिर एवं चैत्र महिना लाभदायक रहनेछन् । भदौ र पुस महिना धन र प्रतिष्ठाको हिसाबले कमजोर रहनेछन् ।

कुम्भ : वर्षको शुरुवातमा व्यापार व्यवसायमा राम्रै प्रगति हुनेछ । अध्ययन भने खस्किने एवं पढाइमा बढी असफलता मिल्नेछ । सन्तानको स्वास्थ्यमा समस्या आउनेछ । भदौपछिको समय रोजगारीमा परिवर्तन एवम काममा बाधा आउन सक्नेछ । आफ्नै मान्छेको धोकाले लगानीमा तनाव बढ्नेछ । यो राशीलाई वर्षभरी नै आढ्ैया, साँढेसात र शनीको दशा रहनेछ । बढी खर्च हुनसक्ने हुनाले आर्थिक रुपमा सजग हुनुपर्नेछ । अनुत्पादक क्षेत्रमा खर्च गर्नुपर्ने एवं स्वास्थ्यमा बढी धन जानेछ । धार्मिक काममा बढी व्यय हुनेछ । साउन र पुस महिना बढी शुभ रहनेछन् । जेठ, असोज र माघ महिना स्वास्थ्य र पारिवारिक रुपमा कमजोर रहनेछन् । समग्रमा यो वर्ष आम्दानी र खर्च उस्तै उस्तै रहनेछ ।

मीन : वर्षको प्रारम्भमा नयाँ योजनामा लगानी हुनेछ । पुरानो व्यवसायमा परिवर्तन हुने नयाँ काममा लगानी बढ्नेछ । परिवारमा भने सामान्य विवाद बढ्नाले स्थान परिवर्तन हुनेछ । मातापिताको स्वास्थ्यमा बाधा एवं नोकरी रोजगारीमा धक्का आउनेछ । शैक्षिक एवं प्राविधिक क्षेत्रबाट भने राम्रो आम्दानी हुनेछ । भदौपछिको समयमा पारीवारिक सहयोग मिल्ने एवं वैदेशिक कामको योजना बन्नेछ । शैक्षिक क्षेत्रबाट सन्तुष्टि मिल्नेछ एवं सन्तानबाट आर्थिक रुपमा सहयोग पाइनेछ । सन्तानको सुख मिल्ने एवं नयाँ मित्रहरुसँग हातेमालो हुनेछ । आम्दानीको दृष्टिकोणले यो वर्ष राम्रै देखिनेछ । जेठ, भदौ र माघ महिना बढी लाभप्रद हुनेछन् । असार, कार्तिक र फागुनमा भने बढी होशियारी हुनुपर्नेछ । स्वास्थ्य र धन सम्बन्धी चिन्ता बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार