धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड(१९) संक्रमित चार जना मध्ये तिन जनाको रिपोर्ट फेरि पनि पोजिटिभ आएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका ३४ वर्षीय युवकको तेस्रो पटक र अन्य दुई जनाको दोस्रो रिपोर्ट पोजिटिभ आएकोद सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बताए ।
तर कैलालीको प्रतापपुरका युवकको दोस्रो रिेपार्ट आउन बाँकी छ रहेको उनले बताए । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका ३४ वर्षीय युवकको तेस्रो रिपोर्ट नेगेटिभ आए उनलाई डिस्चार्ज गर्ने तयारी थियो। अब उनको अस्पताल बसाइँ फेरि लम्बिएको छ।
Discussion about this post