चन्द्र प्रसाद भाट,२७ चैत्र अछाम
कोरोनाको महामारी फैलिरहेका बेला खाद्यान्नको अभावले समस्यामा परीन्छकी भन्ने चिन्ता नलिन कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकाश बिस्टले नगरबासी मा आग्रह गर्नुभएको छ । कोरोनाको सन्त्रासले यातायातका साधन हरु चल्न छोडेपछि केही ठाउँमा खाद्यान्नको अभाव हुन थालेको पछि यस्तो समस्या लाई मध्यनजर गर्दै कमलबजार नगरपालिकाले जनता लाई खाद्यान्न अभाव हुन नदिन खाद्यान्न भण्डारण गरेको नगर प्रमुख बिस्टले बताए ।
आफ्ना नगरका जनताको समस्या लाई ध्यानमा राखी खाद्यान्नको सहज आपूर्तिका लागि नगरपालिका तयार रहेको बताउनुभयो । अहिले नगरपालिकामा बैशाख १५ सम्मका लागि प्रयाप्त मात्रामा खाद्यान्न भण्डारण गरिएको जानकारी दिँदै उहाँले खाद्यान्न अभावको स्थिति सिर्जना भए त्यसको ब्यवस्थापनका लागि नगरपालिका सधैं जनताको साथमा रहेको पनि स्मरण गराउनुभयो ।
नेपाल खाद्य सँस्थान सँग पनि करीब ३०० क्विन्टल चामल आपूर्तिका लागि पहल भैरहेको जानकारी दिनुहुँदै बिस्टले कोरोना बाट सुरक्षीत रहन सरकारले लागू गरेको लक डावन लाई पुर्णरूपमा कार्यान्वयन गर्न पनि सुझाव दिनुभयो । भोलिका दिनमा कोरोनाको जोखिम बढ्दै गएपछी जनताको सेवाका लागि हवाई सेवा मार्फत पनि खाद्यान्न ढुवानीको ब्यवस्था नगरपालिकाले गर्ने उनको भनाई थियो ।
सँकटको समयमा मुल्य वृद्धि र कालोबजारी हुने गर्छ,यसको नियन्त्रणका लागि नगरपालिकाले के पहल गर्दैछ ? भन्ने हाम्रो प्रश्नमा नगर प्रमुख बिस्टले यसका लागि नगरपालिकाले अनुगमन अगाडी बढाईसकेको बताउदै नगरपालिकाका कुनै स्थानमा मुल्यवृद्धि र कालोबजारी भएको भए आफुलाइ खबर गर्न पनि उँहाले आग्रह गर्नुभयो ।
सँकटको समयमा जनतालाई छल्ने काम गरेको भेटीएमा कानुन बमोजिम कारबाही गर्ने पनि उहाँले बताए । नगरपालिका ले नगरका १० वटै वडामा पसल अनुगमन गर्ने कार्य पनि अगाडि बढाईसकेको पनि उनले बताए । कोरोनाको सम्भाबित जोखिम लाई मध्यनजर गर्दै कमलबजार नगरपालिकाले तिब्र तयारी गरीरहेको भन्दै यस्को सफल कार्यान्वयनका लागि नगरबासिमा आग्रह गर्नुभयो ।
Discussion about this post