बेलायतमा कोरोना संक्रमणबाट पूर्वगोर्खा सैनिकको निधन

75
SHARES
414
VIEWS

काठमाडौं : बेलायतमा कोरोना भाइरसरबाट एक जना नेपालीको निधन भएको छ। तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको हो।

५९ वर्षीय समाजसेवी गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको तमु धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङले जानकारी दिए। नेपालको पर्वत स्थायी घर भई लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका पूर्व गोरखा सैनिक गुरुङ १४ दिनदेखि कोरोनाबाट थला परेका थिए।

गुरुङको निधनप्रति तमुधि लन्डन इकाइले शोक व्यक्त गरेको छ। यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक संखुवासभाका लीलाबहादुर राई र चितवनका व्यवसायी प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो। थाहा खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार