चन्द्र प्रसाद भाट,२६ चैत्र,अछाम,
विश्वलाई नै आतँकित पारीरहेको कोरोना भाईरस अर्थात ( कोभिड-१९) को सम्भाबित जोखिम लाई मध्यनजर गर्दै कमलबजार प्राथमिक स्वास्थ केन्द्रमा आयोजना गरिएको थ्रोट स्वाब सँकलन कार्यक्रममा .६८ जनाले आफ्नो नमूना परीक्षणका लागि चेकजाँच गराएका छन ।
जसमा ६२ जना पुरुष र ६ जना महिला रहेका छन । पुर्बी अछामका ४ वटा स्थानीय तहहरु लाई मध्यनजर गर्दै अछामको तीन वटै सरकारको सँयुक्त पहलमा कमलबजार नगरपालिकामा रहेको कमलबजार बिमानस्थलमा चिकित्सकको टोलि सहित हेलिकप्टर अवतरण गरि ६८जनाको थ्रोट स्वाब सँकलन गरि नमुना परीक्षणका लागि काठमाडौ पठाईएको छ ।
सुदूरपश्चिम प्रदेशमै ४ जनामा कोरोना पुस्टी भएसँगै सुदूरपश्चिममा उच्च जोखिम बढेसँगै यसको सम्भाबित जोखिम बाट बच्नका लागि पुर्बी अछामको कमलबजार नगरपालिका बाट ३२ जना,पन्चदेवल बिनायक नगरपालिका बाट १३जना,ढकारी गाउपालिका बाट १६ जना र तुर्माखाँद गाउँपालिका बाट ३ जना,धनगढी का १ जना,मालिकार्जुन गाउपलिका कालिकोट का १ जना,रामारोशन गाउपालिका का १ जना र स्वामिकार्तिक गाउपालिका बाजुरा का एक जना गरि जम्मा ६८ जनाको थ्रोट स्वाब सँकलन गरि नमुना परीक्षणका लागि काठमाडौं पठाईएको कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकाश बिस्टले जानकारी दिनुभयो । केही समय पहिले जिल्ला बाहिर बाट एबम भारत तथा तेश्रो मुलुक बाट जिल्ला आई क्वारेन्टाइनमा बसेका तथा जिल्ला भित्र रहेका नमुना परिक्षण गराउन ईच्छुक ब्यक्ती हरुको नमुना परीक्षण गराउन लागीएको नगरपालिकाले जनाएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत कमलबजार पुगेको चिकित्सकको टोलिले यो समयमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । एक आपसको निकट सम्पर्कले यो भाईरस तिब्र रुपमा फैलिने भएकाले सामाजिक दुरी अनिवार्य रूपमा कायम गर्न पनि आह्वान गरिएको छ । यो समयमा दैनिक रूपमा पटकपटक साबुनपानीले २० सेकेन्ड सम्म मिचिमिची हात धुन सके,सामाजिक दुरि कायम गर्न सके र खानपिन मा ध्यान दिन सके यसबाट बच्न सकिने पनि चिकित्सकको सुझाव छ ।
Discussion about this post