कोरोना त्रासले भत्काईएको झुलिङ्गे पुल पूनः जोडियो

58
SHARES
322
VIEWS

अछाम । कोरोना भाईरसको त्रासले अछाम र बाजुरा जोड्ने भत्काएको झुलिङ्गे पुललाई पूनः निर्माण गरिएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी बगुडा र बाजुरा बुढीगंगा नगरपालिका बाह्रबिस जोड्ने बुढीगंगा नदी माथिको झुलिङ्गे पुलबाट आवातजावात वढेपछि स्थानीयले पुल भत्काएका थिए ।

स्थानीयलाई लकडाउनको पालना गर्न वडा कार्यालयले बारम्बार अनुरोध गरेको, तर कसैले नमाने पछि पुलमा रहेका केही स्टील प्लेट (फल्याक) लाई पछि लगाउने गरी निकालिएको । तर गाउँपालिकाका अध्यक्ष लोकबहादुर वोहराको निर्देशन पुलको निकालिएको फल्याएको लगाएसँगै पुलको पूनः निर्माण भएको छ । उक्त पुलमा आवातवाजतमा प्रतिवन्द लगाउनको लागि दुई जनालाई दैनिक खटाइएको छ ।

मेल्लेख गाउँपालिकाका सम्पूर्ण नाका केहीदिन अघि बन्द गरिएको थियो । सरकारले हालै लकडाउनमा कडाई गर्न एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाईने निर्णय गरेपछि मेल्लेख गाउँपालिकाले पनि आफनो पालिकाका सिमानाका बन्द गरेको गाउँपालिका अध्यक्ष वोहराले जानकारी दिनुभयो । यस्तै मेल्लेख गाउँपालिका वडा नं.१ ऋषिदहको छतारा रछाताशैन भएर शोडषा आउने वाटो पनि प्रतिवन्धको गरिएको छ । यस्तै ऋषिदको डाडाँशिरीमा क्वारेन्टाईन निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार