अछाम । अछाम जिल्लामा लकडाउनलाई प्रभावकारी वनाउन सुरक्षा बल परिचालन गरिएको छ । कोरोना भाइरसबाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा बल परिचालन गरिएको हो । अछाममा लकडाउन अघि र पछि पनि भारत तथा जिल्ला बाहिरबाट फर्किनेको संख्या बढी भएका कारण सम्भावित जोखिम लाई मध्यनजर गर्दै सुरक्षा बललाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
‘कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको अछाम जिल्लालाई कोरोना भाईरसबाट जोगाउन हरसम्भव प्रयास गरीरहेको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले जानकारी दिनुभयो । उहाँले लकडाउन पछि र अघि ३ हजार नागरिकको अध्यावधि गरिएको बताउनु भयो ।
अहिले जिल्लामा बाहिर बाट आएका जम्मा ५३ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा ६ जना विनायकस्थित क्वारेन्टाइनमा र ९ जना ढकारी क्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका छन् । बाँकी होम करेन्टाइनमा रहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
अहिले त्यस्ता गम्भीर प्रक्रितीका विरामी भेटीएका छैनन उहाँले भन्नुभयो त्यस्ता विरामी भईहाले पनि नजिकैको स्वास्थय संस्था र जिल्ला अस्पतालमा जान सुझाव दिईरहेका छौ । ‘लकडाउनलाई थप प्रभावकारी बनाउन लागिरहेका छौ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक भारतीले जानकारी दिनु भयो । बाहिरी जिल्लाबाट प्रवेश गर्ने नागरिकलाई पनि सोधपुछ गरेर मात्र प्रवेश दिने गरेको उहाँले बताउनु भयो ।
Discussion about this post