अछाम । कोरोना भाईरस कोभिड १९ को नमुना परिक्षणको लागि बयलापटा अस्पतालमा ५१ जनाको स्वाब संकलन गरिएको छ । आज हेलिकप्टर मार्फत आएको स्वास्थ्यकर्मीको टोलीले कोरोना परिक्षणको लागि स्वाब संकलन गरेको हो ।
मंगलसेन, कमलबजार र बयलपाटामा गरी तिन ठाउँमा कोरोना परिक्षण सेन्टर स्थापना गरीएकाे छ । यस अन्तरगत क्षेत्र नं. १ विभिन्न स्थानिय तहका गरी ५१ जनाको स्वाब संकलन गरिएको हाे । अब मंगलसेन र कमलबजारमा टोलीले स्वाब संकलन गर्नेछ ।
आईश्वलेसनमा रहेका तथा जिल्ला बाहिरबाट आएर क्वारेण्टाईनमा बसेका नागरिकको स्वाब संकलनका लागि टोली अछाम आईपुगेको हो । कोरोना भाईरसको लक्षणसंग मिल्दो जुल्दो भएका व्यक्तीहरुको स्वाब संकलन गरी परिक्षणका लागि काठमाण्डौँ लगिने न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताउनु भयो ।
Discussion about this post