कोरोना नियन्त्रण तथा रोकथाम कोषमा नगरप्रमुख बोहरा द्वारा १ लाख ५ सय सहयोग

35
SHARES
196
VIEWS

अछाम, २५ चैत । मंगलसेन नगरपालिकाले कृषि विकास बैंक मंगलसेनमा स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम कोषमा नगरप्रमुख पदमबहादुर बोहराले १ लाख ५ सय सहयोग गर्नुभएको छ । नगरले स्थापना गरेको कोषलाई बलियो बनाउन तथा कोरोना संक्रमणको सम्भावित जोखिम न्युनिकरणमा सहयोग पुगाउने उदेश्यले कोषमा रकम जम्मा गरेको नगरप्रमुख बोहराले बताउनुभयो ।

देशै आपतमा परेका बेला र संसारै कोरोना भाईरस बिरुद्ध लडिरहेका बेला नगरपालिकाले खडा गरेको कोषमा आफुले सक्दो सहयोग गरेको नगरप्रमुख बोहराले बताउनुभयो । नगरपालिकाले सम्भावित जोखिम न्युनिकरणका लागि ३० लाखको कोरोना भाईरस संक्रमण रोकथाम, राहत तथा उपचार कोष स्थापना गरेको छ ।

कोषमा सहयोग गर्न चाहने ब्याक्ति तथा संस्थालाई कृषि विकास बैंक मंगलसेनमा रहेको कोषको खाता नम्वर ०८२२६०१६०७००९०१० मा जम्मा गरेर सहयोग गरिदिनु मंगलसेन नगरपालिकाले आग्रह गरेको छ ।

  • सुदूर आजबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार