हेलीकप्टरबाट काठमाण्डौँ लगीएका एक नेपाली सेनाको मृत्यु

2.2k
SHARES
12.1k
VIEWS

अछाम । हेलीकप्टर मार्फत उपचारका लागी काठमाण्डौँ लगीएका अछामका एक युवकको मृत्यु भएको छ । नेपाली सेनामा कार्यरत बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटका भरत बहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाली सेनाको नायक पदमा कार्यरत रहेका साउँदलाई उपचारका लागी सोमबार काठमाण्डौ लगीएको थियो । ३६ बर्षीया साउँदलाई आईतवार सामान्य टाउको दुख्ने समस्या देखीएकोमा मँगलवार बिहान उनी ओछ्यानमा अचेत देखीएपछि उनलाई उपचारका लागी बयालपाटा अस्पताल लगीएको थियो ।

बयालपाटा अस्पतालमा उनको उपचार हुन सम्भव नदेखीएपछि उनको थप उपचारका लागी नेपाली सेनाको हेलीकप्टर अछाम आएको थियो ।

हेलीकप्टर मार्फत उनलाई नेपाली सेनाको बिरेन्द्र अस्पताल छाउनी लगीएको थियो । सोहि अस्पतालमा उपचारका क्रममा सोमवार साँझ उनको निधन भएको स्थानीय रमेश साउँदले जानकारी दिनुभयो । – बान्नीगढी टुडेबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार