तुर्माखादको क्वारेन्टाइनमा तीन जना राखियो

18
SHARES
101
VIEWS

तुर्माखाद गाउपालिकाको क्वारेन्टाइनमा संकास्पद ३ जनालाई राखिएको छ । कैलाली देखि गाउँपालिका आएका स्थानीयलाई राखिएको गाउँपालिकाका अध्यक्ष पुस्पराज शर्माले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा राखिएकाहरुको ब्यवस्थापनमा कुनै समस्या नहुनेगरी ब्यवस्थापन गरिएको छ ।

गाउँपालिकाको केन्द्रमा रहेको कालिकेश्वरी माविमा स्थापना गरिएको क्वारेन्टाइनमा मापद्दण्ड अनुसारका बेडहरुको व्यवस्थापन गरिनुका साथै अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि पूर्वतयारी स्वरुप गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले दुरी नापेर प्रत्येक कोठामा बेडहरु व्यवस्थापन गरेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद संयोजक कमलबहादुर बुढाले जानकारी दिनु भएको छ । उहाँका अनुसार विद्यालयका विभिन्न ठुला हलहरु सफा गरेर चिटिक्क पारेपछि अन्य व्यवस्थापन गरिएको थियो ।

गाउँपालिकाले प्रत्येक वडासम्मको संयन्त्रलाई सक्रिय बनाउदै कुनैपनि टोलमा कोरोनाको संकेत देखा परेमा तत्काल स्वास्थ्य संस्थामा भर्ना गर्न र गाउँपालिका भन्दा अन्य ठाउँबाट कोही नयाँ व्यक्ति आएमा उनीहरुलाई क्वारेन्टाइनमा ल्याउने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष शर्माले बताउनु भएको छ ।
त्यसकालागि सबै आठ वटै वडामा वडाध्यक्षहरुलाई चौबीसै घण्टा सम्पर्कमा बस्नेगरी तयारी अवस्थामा राखिएको छ भने सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सम्बन्धीत कर्मचारीलाई समेत ‘हाइअलर्ट’ मा राखिएको पनि अध्यक्ष शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार