कमल रावल, चैत २४ अछाम ।सुदुरपश्चिम प्रदेश सभा सदस्य बल बहादुर सोडारीले सरकारले गरेको निशेधाज्ञा प्रत्येक नेपालीले कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ ।
कोरोनाभाईरसको संक्रमण बिश्वमा फैलिरहेकाले यतिबेला उच्च सर्तकता अपाउनु पर्ने बेला आएकाले कसैले पनि सरकारको नियमलाई अबज्ञा गर्न नहुुने बताउनु भयो ।
सुदुरपश्चिम यतिबेला उच्च जोखिममा रहेकाले आफु पनि बच्ने अरुलाई पनि बचाउने अभियानमा सबै प्रतिबद्धता भएर लाग्नुु पर्ने बताउनु भयो । रेडियो रामारोशनसँग कुराकानि गर्दै सदस्य सोडारीले कैलालीका युवामा कोरोनाभाईरसको संक्रमण भेटिएपछि अछामका नागरिकको पनि चेकजाँच गर्नुपर्ने अबस्था आएकाले प्रदेश वा केन्द्रबाट हेलिकप्टर सहीत बिशेषज्ञ स्वास्थ्यकर्मिको टिम पठाउनका लागि पहल भईरहेको जानकारी भयो ।
यो बेला क्वारेन्टाईन तथा घरमा सुरक्षित बास बसेका सबैलाई सुरक्षित बस्न आग्रह गर्नु भयो । समस्या परेका बेला कुनै नेपालि नागरिकले भोक भोकै बस्नु नपर्ने बताउदै प्रदेश सरकारले तत्काल नै आफ्ना प्रदेशका गरिब, असहाय, विपन्न नागरिकका लागि राहतका कार्यक्रम घोषणा गर्ने बताउनु भयो ।
Discussion about this post