सोसेेक नेपालद्धारा पञ्चदेवल विनायक नगरपालीकामा खाद्यान्न बिभिन्न तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । सामाजिक सेवा गर्दै आएको शोसेक नेपाल दैलेखले विश्वलाइनै आक्र्रान्त पारेको कोरोना भाइरसको संक्रमण फलिन नदिन आवश्यक स्वास्थ्य सामाग्री तथा विपन्न परिवार, वादी समुदाय, एचआइभी संक्रमित,पिछडिएका लागी आज हस्तान्त्रण गरेको हो ।
संस्थाको प्रतिनि रमेश रावतले पञ्चदेवल विनायक नगरपालीका प्रमुख देवराज देवकोटा उपप्रमुख अम्बिका चलाउने प्रम’ख प्रशासकिय अधिकृत पदम माझि लाइ उक्त सामाग्री हस्तान्त्रण गर्नुभएको हो ।
पञ्चदेवल विनायक नगरपालीकाको लागी ६० प्याक चामल, ६० केजि दाल ३० केजि चिनी ८ केजि चियापत्ति ६० केजि नुन ६० पोका तेल, मास्क, १० ओटा पिपि सेट सेनिटाइजर आज नगरपालीका लाइ हस्तान्तरण गरीएको छ ।
देश लक डाउनको अवस्थामा खाद्यान्न लगायत दैनिक उपभोग्यका सामाग्रीको सहज आपुर्ती नहुदा नगरपालिकामा विपन्न परिवार, वादी समुदाय, एचआइभी संक्रमित,पिछडिएका वर्ग लगायतका मानिसलाई अत्यावस्यकका सामाग्री वितरण गरिने भएको छ ।
Discussion about this post