अछाम । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट सुरक्षित राख्न भन्दै मँगलसैन नगरपालिका वाड न : ६ ले वडामा १८ सय मास्क वितरण गरिएको छ । सोमबार वडा अध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलिले वडाका प्रत्यक टोल टोलमा पुगि सामाजिक दुरी कायम राखि माक्स वितरण गरेको हो ।
पछिलो समय आफै गाउमा खटिरहनु भएका वडा अध्यक्ष भण्डारी सहितको जनप्रतिनिधिको टोलिले वडाका जनताको स्वास्थ्य अवस्था वुझनुका साथै भारतबाट आएका व्याक्त्लिाई सुरक्षित घरमा नै वस्न आग्रह गर्नु भएको वडा सहायक देबेन्द्र खत्रिले जानकारी दिनु भयो ।
साथै टोलिले प्रत्यक घरमा एक का दरले सावुन पनि वितरण गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गईरहेको बेला वडाले माक्स र साबुन बितरण गरेको हो । वितरणका क्रममा वडा अध्यक्ष भण्डारीले वडाबासीलाई घरघरमा पुगि यस सम्भावित जोखिमको परिस्थितिलाई दृष्टिगत गर्दै, आफ्नै घरमा रही सरकारद्वारा घोषित “लकडाउन“ अवधीको पूर्णरुपमा पालनागर्न सम्पुर्णमा आग्रह गर्नु भयो ।
यस्तो विषम परिस्थितिमा देशलाई हरेक नागरिकको सहयोगको खाँचो रहेको बताउँदै अध्यक्ष भण्डारीले विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन आफु जनताको सेवामा समर्पित रहेको प्रतिवद्धता पनि जनाउनु भएको छ ।
बितरण कार्यक्रममा नगरकार्यपालिका सदस्य भावना विक,वडा सदस्य देवेन्द्र प्रसाद भण्डारी ,नरपति भण्डारी,राजुदेवि भण्डारी र गाजलि नेपालि लगाएतको सहभागिता रहेको थियो ।
Discussion about this post