निर्वाचित वडाध्यक्षको घरमै पुगेर कांग्रेसले दियाे मास्क र साबुन

34
SHARES
188
VIEWS

अछाम । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट सुरक्षित राख्न भन्दै मंगलसेन न पा वाड नं १४ कालागाऊमा नेपाली कांग्रेस गाउँकार्य समितिले साबुन र मास्क वितरण गरेको छ ।

नेपाली कांग्रेस गाउँ कार्य समितिका मंगलसेन नगरपालिका वडा नं १४ ले भने निर्वाचित वडाध्यक्षको घरमै पुगेर माक्स दिएको हाे । कांग्रेस कालागाँउका अध्यक्ष ईश्वर भण्डारीको नेतृत्वमा गएको एक टोलीले वडा स्वास्थ्य केन्द्रमा समेत साबुन र मास्क वितरण गरेको छ ।

नेपाली कांग्रेस गाउँ कार्य समितिका मंगलसेन नगरपालिका वडा नं. १४ का अध्यक्ष ईश्वर भण्डारीकाे नेतृत्वमा गएको टोलीले वडामा माक्स, वितरण गरेको हो ।

कोरोना संक्रमण नफैलियोस भनेर ६ सय थान माक्स बितरण गरिएको बताईएको छ । वडा अन्तरगत दलित बस्तीमा समेत मास्क र डिटोल साबुन समेत वितरण गरिएको कांग्रेस कालागाँउले जनाएको छ ।

मास्क वितरण कार्यक्रममा नेपाली काग्रेस जिल्ला कार्य समिति अछामका आमन्त्रित सदस्य रोईना भन्डारी, शिक्षक संघ पुर्व अध्यक्ष देवीराम रेग्मी, सहिद परिवार बाट तेज ब भन्डारी, युवा समाज सेवी नबिन सोडारि, लगायतको सहभागिता रहेको थीयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार