दैलेखमा कुल देवताले कोरोनाबाट बचाउने भन्दै पशुको बलि, मान्छेको यतिठूलो भीड

263
SHARES
1.5k
VIEWS

दैलेख जिल्लाको महाबु गाउँपालिका वडा न.५ काशिकाँधमा बिश्वलाई त्रसित बनाएको नोवेल कोरोना भाईरस ( कोभिड–१९) विरुद्ध स्थानियहरुले पंचबली चडाएका छन् । नोवेल कोरोना भाईरसबाट बच्नको लागि थप कडाइ गर्न सरकार लागि परेको बेला दैलेखको महाबु गाउँपालिकामा भने स्थानीयहरुले ठाडो उल्लंघन गरेका हुन ।

धामी डिल बहादुर शाहीका अनुसार लकडाउनमा मान्छेहरु धेरै भिड नहुन सरकारले भने पनी गाउँका सबैजनाको सल्लाह अनुसार पशुबलि गरिएको हो। सम्पुर्ण घरधुरी मिलेर पैसा जम्मा गरि रातभरि धर्ना गरेर बलि दिएको बताए ।

उनले श्री महाबैले भनेको पुग्छ यो कोरोना हाम्रो ठाउँमा भित्रीन सक्दैन हाम्रो देवताले भित्रीन नदिने बताए । कोरोना भाईरस महामारी रोकथामको लागि महाबु गाउँपालिका वडा नं. ५ काशिकाँधमा सम्पुर्ण घरदुरी मिलेर रातभरी श्री महाबैको गाथमा धर्ना गरि कोटडाडा पंचबली हाल्ने डाडामा ६ वटा जीव जन्तुहरुको बली चडाईएको छ। उक्त बलिमा सुगुर,राँगा,बोका, माछा,कुखुरा, परेवाको बलि दिईएको हो । अनलाईन कर्णालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार