कोरोना आशँका गरिएका अछामका ५ जनाको यस्तो आयो रिपोर्ट

214
SHARES
1.2k
VIEWS

अछाम । कोरोना भाइरस संक्रमणको आशंकामा नमूना संकलन गरी स्वाब धनगढी पठाएकोमा पाँच जनाको रिपोर्टमा भाइरस फेला नपरेको बताइएको छ । बयलपाटा अस्पतालबाट दुई स्वास्थ्यकर्मी र आइसोलेशन वार्डमा उपचारत रहेका तीन सर्वसाधारणको रिर्पोट नकरात्मक आएको बयलपाटा अस्पतालले जानकारी दिएको छ ।

कोरोना आशंका गरिएका पाँच जनाकै रिर्पोट नेगेटिभ भएको सेती प्रादेशिक प्रयोगशाला धनगढीले रिपोर्ट दिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. विकाश गौचनले जानकारी दिनुभयो । कोरोना भाइरसको आशंकामा बिहीबार स्वाबको नमूना संकलन गरेर श्ुक्रबार धनगढी पठाइएको थियो ।

जिल्ला बाहिरबाट आएका पाँच जनामा ज्वरो, खोकी र एकजनामा स्वासको समस्या भएपछि स्वाबको नमूना परीक्षणका लागि पठाइएको थियो । अछामबाट पहिलो पटक पाँच जनाको कोरोना आशंकामा स्वाब नमूना संकलन गरेर पठाइएको थियो । आइसोलेशनमा रहेका तीन जनालाई घर फिर्ता गरिने बयलपाटा अस्पतालले जानकारी दिएको छ । पाँचै जना सामान्य रहेको बताइएको छ । गोरखापत्रबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार