टीकापुर नगरपालिकाको राहत कोषलाई रावलको सहयोग

29
SHARES
160
VIEWS

यज्ञराज उपाध्याय, टीकापुर । कोरोनाको विश्वव्यापी महामारीको समयमा नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै जनताहरु घरबाहिर निस्कन पाएका छैनन् । यो अवस्थामा उनीहरु खाद्यान्न लगायतका समस्याको सामना गरिरहेका बेला सरकारले स्थानीय तहहरुलाई राहत कोष बनाएर जनताका अत्यावश्यक समस्या हल गर्न निर्देशन दिए संगै स्थानीय तहहरु यसतर्फ सक्रिय रहेका छन् ।

यहि दौरानमा टीकापुर नगरपालिकाले बनाएको हिरण्ड्य रावल, आफ्नै मनबाट, ५१,०००/-नगरपालिका कोरोना भाइरस रोकथाम तथा नियन्त्रण आकस्मिक कोष बनाएर सहयोगको लागि अपिल गरेको थियो । जुन राहत कोषमा सहयोग जुट्न सुरु भएको छ । आइतबार मात्रै नगरपालिकाको उक्त राहत कोषलाई टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १० का बासिन्दा एवं रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका हिरण्य बहादुर रावलले ५१ हजार नगद सहयोग गरेका छन् । विपतको समयमा नगरपालिकाका कोरोना रोकथाम र राहतका लागि सहज हुने भन्दै उनले सो रकम सहयोग गरेका हुन् ।

रावलले सहयोग गरेको रकम उनकी भान्जी गीता कुँवरले नगरपालिकामा आएर नगरप्रमुख तपेन्द्र बहादुर रावललाई हस्तान्तरण गरेकी हुन । सोही क्रममा उनले यस्तो अवस्थामा नगरपालिकालाई सबैले साथ दिनुपर्ने बताइन ।

नगरपालिकाले बनाएको आकस्मिक राहत कोषमा यसअघि २० लाख जम्मा भैसकेको छ । अब मनकारी मनबाट सहयोग मिल्दै जाने नगरपालिकाले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार